2026-09-28 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट

2026-09-07

काठमाडौँ | रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ । खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिए पनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ । सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारी साधन बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ । नयाँ सडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको भीड लागेको छ । काठमाडौँ र आसपास रिफिल हुने गरी आयात हुने बुलेट आउन सकेका छैनन् । ग्यास अभाव काठमाडौँको मात्र समस्या होइन, प्रमुख सहरका ग्यास डिलरकहाँ अझै पनि लाइन घटेको छैन ।

राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौँ उपत्यकामा ग्यास लगायत अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ । ग्यासको मूल्य बढेको छ, माग पनि बढेको छ तर उपभोक्ताले बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउने अवस्था छैन । कति उपभोक्ता मध्यरातमा लाइन लाग्न पुगेको पनि भेटिन्छ । जनजीवन असहज बनिरहँदा पनि सरकारले गम्भीर ढङ्गले यो समस्यालाई नलिँदा दुई महिनादेखि चोक चोकमा लामो लाइन देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह