2026-09-28 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ

2026-09-07

काठमाडौँ | ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि आफूहरू दिनरात खटिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुखद र गम्भीर विषय भएको बताए।

‘बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि हामी दिनरात खटिरहेका छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुःखद र गम्भीर विषय हो।’ यी सामग्री कसैको निजी सम्पत्ति नभइ राष्ट्रिय सम्पत्ति भएको र अहिले प्रभावित नागरिकको घरमा बत्ती पुर्‍याउन आवश्यक पर्ने महत्वपूर्ण संरचना/सामग्री भएको मन्त्री श्रेष्ठले जिकिर गरे।

यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। साथै शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिन उनले अनुरोध समेत गरेका छन्। ‘यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ। शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने, ‘विपत्तिको यो समयमा एक-अर्कालाई सहयोग गरौँ, राष्ट्रिय सम्पत्तिको संरक्षण गरौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल