2026-10-17 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ

2026-09-07

काठमाडौँ | ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि आफूहरू दिनरात खटिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुखद र गम्भीर विषय भएको बताए।

‘बाढीको विपत्तिबाट गुज्रिरहेको बेला विद्युत् आपूर्ति पुनःस्थापनाका लागि हामी दिनरात खटिरहेका छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा विद्युत् संरचनाका तामाका तार तथा अन्य पाटपुर्जा चोरी हुनु अत्यन्त दुःखद र गम्भीर विषय हो।’ यी सामग्री कसैको निजी सम्पत्ति नभइ राष्ट्रिय सम्पत्ति भएको र अहिले प्रभावित नागरिकको घरमा बत्ती पुर्‍याउन आवश्यक पर्ने महत्वपूर्ण संरचना/सामग्री भएको मन्त्री श्रेष्ठले जिकिर गरे।

यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ। साथै शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिन उनले अनुरोध समेत गरेका छन्। ‘यस्तो गतिविधिलाई निरुत्साहित गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ। शंका लाग्ने गतिविधि देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने, ‘विपत्तिको यो समयमा एक-अर्कालाई सहयोग गरौँ, राष्ट्रिय सम्पत्तिको संरक्षण गरौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु