नन्दराम जैशी । भदौ २८, जुम्ला । जुम्लाबाट हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ ।

नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढि र काठमाण्डौँ लगाएतका जिल्लासम्म जुम्लाको स्याउ निर्यात भैरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार गतवर्ष जुम्लाबाट १४ करोडको स्याउ निर्यात भएकोमा यो वर्ष उत्पादनमा २५ प्रतिशतले कमी आए पनि राम्रो मूल्य पाएका कारण १६ करोडको निर्यात हुने अनुमान छ ।

जुम्लामा अहिले ६० रुपैयाँमा स्याउ बिक्री भइरहेकोले १६ करोड निर्यात हुने अनुमान गरिएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार ८ सय ५० हेक्टर जग्गाबाट ३ हजार १ सय ६० टन स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ उत्पादन कम भएपनि मूल्य बढि भएकाले आम्दानि पनि बढि भएको कार्यालयले जनाएको छ ।

जुम्लाबाट स्याउ निर्यातको क्रम जारी रहेकाले निर्यात दर अझै बढ्न सक्ने बताइएको छ । गतवर्ष ६० प्रतिशत स्याउ निर्यात भएकोमा यसवर्षको हालसम्म ५५ प्रतिशत स्याउ निर्यात भएको छ । असोजको पहिलो हप्तासम्म स्याउ विक्रि वितरण हुने भएकोले अझै निर्यात प्रतिशत बढ्न सक्ने बताइएको हो ।