असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्"/>

2026-06-17 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा होटल व्यवसायमा ८७ करोड लगानी

2016-09-17

असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन् । 

ती होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको समितिका उद्योग दर्ता शाखाका खरिदार इन्द्र पौडेलले बताउनुभयो । बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायत पर्यटकीय स्थलमा केही वर्षयता होटल तथा रेस्टुरेन्ट स्थापना हुने क्रम बढेको छ । 

पर्यटकको आवागमन बढेको र पाहुनाको चाहनाअनुसारको सुविधा दिन होटलमा लगानी तथा क्षमता बढाएको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । 

नयाँ होटल खुल्ने र पुरानाले सेवा सुविधा तथा स्तरोन्नति गर्न थालेपछि यस क्षेत्रमा लगानी बढेको हो । होटलले क्षमत्ता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात बिताउनुपर्ने समस्या समेत हटेको छ । जिल्लामा दृश्यावलोकन, पदयात्रा र हिमाल आरोहणको प्रशस्त सम्भावना रहेकाले व्यवसायीहरु होटल तथा रेस्टुरेन्ट व्यवसायतर्फ आकर्षित भएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु