२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

फतुवा बिजयपुरका शिक्षकद्वारा वार्षिक परीक्षा बहिष्कारको घोषणा, ६ हजार विद्यार्थीको भविष्य अन्यौल

२०८०, ३० फाल्गुन बुधबार १२:०५

फागुन ३०, रौतहट | रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।

पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।


जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ।

प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए।

यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ।

नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए। हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए।

नगरभरीको शिक्षकहरूको भेलाले बुधवार अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए।

फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण