१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

२८ चैत्र २०७५, बिहीबार १३:२४

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । 

देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताउनुभयो । “पछि सञ्चालनमा आएका नयाँ चलचित्रघरमा त टिकटको जानकारी कम्प्युटरमा नै अपडेट गरिन्छ तर पुराना घरहरुमा प्रभावकारी रुपमा सञ्चालनमा आउन अलि समय लाग्छ”, उहाँले भन्नुभयो । कम्प्युटर चलाउन नजान्ने चलचित्रघरका कर्मचारीलाई बोर्डले तालीम दिने जानकारी उहाँले दिनुभयो । 

बोर्डले हाल नयाँ सर्भर बनाउनका लागि म्याक्स इन्टरनेशनललाई जिम्मा दिएको छ । म्याक्सले केही दिनपछि नै नयाँ सर्भरलाई कम्प्युटरमा राख्ने काम गर्नेछ । हाल काठमाडौँ उपत्यकाभित्र मात्र बक्स अफिस सञ्चालनमा छ । काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी अहिलेसम्म देशभर  जम्मा ३९४ चलचित्रघर छन्  जसमा हाल २१५ मात्र सञ्चालनमा छन् ।  चालु आर्थिक वर्ष २०७५÷०७६ मा १३  नयाँ चलचित्रघर सञ्चालनमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण