2026-09-27 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?

असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ ।  संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ चिर्ने भन्ने हुन्छ । अन्धकारलाई चिरेर ज्ञानको उज्यालो प्रदान गर्ने दिनका रूपमा गुरु पूर्णिमा मनाउने गरिन्छ । 

अचेल खेलकुद, सङ्गीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ । ‘गुरु व्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर गुरु साक्षात् परम्व्रह्मा तस्मै श्री गुरु वे नमः’ भनेर शास्त्रमा गुरुको महिमा वर्णन गरिएको छ । सन्ध्या आरतीको मन्त्र दान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन । 

गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ । वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ । 

बिशेष गरि आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ । 

यस्तो छ गुरु पुर्णिमाको महत्व 

गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ । 

द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । त्यसैले पनि आजको  दिनलाई गुरु व्यास पूजाको रुपमा पनि मनाउने चलन छ । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ । 

आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेता युगमा मर्यादापुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ । 

पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहि आएको छ । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह