२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

भरपर्दो बिजुलीको पहुँचमा रोल्पा

१६ मंसिर २०७७, मंगलवार १५:०२

मङ्सिर १६, रोल्पा | रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो सवस्टेशनको निर्माणपछि रोल्पामा सहजरुपमा विद्युत् प्रवाह हुने र भोल्टेजमा देखिने समस्यासमेत समाधान हुने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पा नगरपालिका–३ लाँकुरीमा निर्माण भएको सवस्टेशनको उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ । सवस्टेशनको निर्माणपछि विद्युतीकरण भएका रोल्पाका अधिकांश स्थानीय तहका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने प्राधिकरणको विश्वास छ । सवस्टेशनको अभावमा यसअघि रोल्पामा सामान्य पानी पर्दा वा हावाहुरी चल्दासमेत विद्युत् अवरुद्ध हुने गरेको थियो । 

भारतको ए टू–जेड इन्फ्रा इञ्जिनीयरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एशियाली विकास बैंकको रु १० करोड सहयोगमा निर्माण सम्पन्न भएको हो । सवस्टेशनबाट रोल्पाका सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत् सेवा पाउनेछन् । यसअघि रोल्पामा  प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत् वितरण हुँदै आएको थियो । मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण भइसक्ने बताउँदै सवस्टेशनको क्षमता विस्तार तथा नयाँ निर्माणलाई तीव्र पारिएको उल्लेख गर्नुभयो । 

“उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो”, मन्त्री पुनले भन्नुभयो, “सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत् पुर्याउने गरी काम गरिरहेको छ ।” रोल्पामा कूल १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब करिब सम्पन्न भएको छ । सो आयोजनाको शीघ्र निर्माण कार्य शुरु गर्ने तयारीमा सरकार लागिपरेको छ । 

आगामी दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुनुअघि जिल्लामा विद्युत्का आठ हजार ५०० ग्राहक रहेकामा हाल २३ हजार पुगेको छ । विद्युत्को सहज उपलब्धता र संचरना विस्तारसँगै यही  वर्ष ग्राहक सङ्ख्या बढेर ३० हजार पुग्ने अनुमान छ ।”

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्य प्राधिकरण जनताको घरमा बिजुली पुर्याउने मात्र नभई विद्युत् सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताउनुहुन्छ । प्राधिकरण विद्युत् उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उहाँको भनाइ छ । विद्युत् अर्थतन्त्रको इन्जिन भएकाले कायममुकायम कार्यकारी निर्देशक शाक्यले लाँकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता