2026-09-27 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड

असोज ८, काठमाडौं। काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।  महानगरपालिकाले बिहीबार जानकारी गराएअनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन्। महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतमरूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो।

निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ।’ बैठकका अध्यक्ष शाक्यले भने– ‘सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण पालना गर्नुपर्छ।’

उनले महानगरले तयार गरेको मापदण्ड सबै विद्यालयले पालना गर्नुपर्ने बताएका छन्। महानगर क्षेत्रका अधिकांंश विद्यालय खुला भइसकेपछि महानगरको बैठकले मापदण्ड पालना गरी विद्यालय खुला गर्ने निर्णय गर्नु अमिल्दो भएको विद्यालय सञ्चालकहरुको भनाइ छ।

कामपाले विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख गरेको छ।

मापदण्डमा ‘कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्ने’ उल्लेख छ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकूल परिस्थिति व्यवस्थापनका लागि निर्णय भइरहेकाले यसप्रति सबै जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए। बैठकमा कार्यपालिका सदस्यहरु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत, प्याब्सन र एनप्याब्सनका प्रतिनिधिहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित शिक्षा समितिका पदाधिकारीहरु सहभागी थिए।

विद्यालय सञ्चालन गर्न तोकिएको मापदण्डको पूर्णपालना गने/गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ। शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेस गर्नुपर्नेछ।

भौतिक दूरी कायम गर्ने गराउने, मास्क लगाउने, हात धुने, ज्वरो मापन गर्ने, सामूहिक क्रियाकलाप नगराउने, खाजा घरबाटै लैजाने जस्ता विषयलाई मापदण्डमा राखिएको छ। बैठकमा शिक्षा अधिकृत मोती भट्टराईले मापदण्ड पेस गरेका थिए।

उपत्यकाका अधिकांश विद्यालय खुले पनि ठूला विद्यालय दशैंपछि मात्र खुल्ने भएका छन्। दशैं आउन करिब दुई हप्ता मात्र बाँकी रहेकाले छोटो समयका लागि विद्यालय नखोल्ने उनीहरुको तर्क छ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले स्थानीय तहको समन्वयमा अधिकांश जिल्लाका विद्यालय खुल्न थालेको बताए। उनले भने – ‘देशैभरका विद्यालय खुल्ने क्रम जारी छ, दश आउन लागेका कारण केही विद्यालय बन्द भए पनि अधिकांश विद्यालय खुलिसकेका छन्।’

प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले दशैं बिदापछि पूर्णरूपमा विद्यालय खुल्ने निश्चित गरे। यसै गरी, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण महर्जनले महानगरमा कम विद्यार्थी संख्या भएका विद्यालय खुलिसकेको बताउँदै धेरै विद्यार्थीका लागि स्वास्थ्य मापदण्ड पालना गराउन तयारी पनि आवश्यक भएकाले दशैं पर्खिनुपरेको जानकारी दिए। एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पहिला ठूलो कक्षा सञ्चालन गर्ने, लगत्तै अवस्था विश्लेषण गरी सबै कक्षा सञ्चालन गर्ने जानकारी दिए। आजको नेपाल समाचारपत्रममा खबर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह