पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

स्थानीय पाठ्यक्रममा थाहाः सामाजिक रूपान्तरणमा सहयोगी हुने

२३ पुष २०७८, शुक्रबार १०:४५

पुस २३, हेटौँडा(रासस) । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको थलोका रुपमा चिनिने मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि पालिकाभित्रका विद्यालयमा थाहाको विषयमा अध्यापन गराउने भएको छ । थाहाका विद्यार्थीलाई थाहाका बारेमा ज्ञान दिन पालिकामा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । 

 नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षदेखि लागू गर्ने तयारी गरेको थाहा नगरका नगर प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको छ  । 

नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागू गर्ने नगर प्रमुख विष्टले बताउनुभयो । नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको उहाँको भनाइ छ । १ देखि ५ कक्षासम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६ देखि ८ कक्षाको हकमा भने पाठ्यक्रम मात्र निर्माण गरिएको छ । यसलाई दोस्रो चरणमा लागू गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्ना मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका विषयवस्तुलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्दा आमविद्यार्थीमा आफ्नो स्थानीय तहप्रतिको अपनत्व बढ्ने देखिन्छ ।” नगर प्रमुख विष्टका अनुसार स्थानीय तहलाई अधिकार प्रत्याभूत भएपछि स्थानीयस्तरमा विभिन्न काम हुन थालेका छन् । विकास निर्माण, नीति निर्माण एवं शासन सञ्चालन आफ्नै मोडेलमा सञ्चालन भइरहेको र आफ्नै स्वरूपमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयार पारी पठनपाठनको व्यवस्थासमेत मिलाउन लागेको उहाँको भनाइ छ । 

नगर प्रमुख विष्टका अनुसार रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई पाठ्यपुस्तकमा समावेश गर्न विभिन्न समयमा गोष्ठी र छलफलपछि मात्र सम्भव भएको हो । स्थानीय पाठ्यक्रम र ‘थाहा अभियान’लाई समेटर पाठ्यक्रम निर्माण गरिएको उहाँको भनाइ छ । सुरुआती चरणमा ‘थाहा अभियान’का बारेमा मानिसले भनेको सुन्नुबाहेक अन्य कुनै पनि दस्तावेज नगरपालिकासँग नभएकाले थुप्रै असहजता व्यहोर्नु परेको उहाँले बताउनुभयो । नगरपालिकाबाट पाठ्यक्रम निर्माणका लागि छुटै टिम नै बनाएर गरेको अध्ययन, अनुसन्धानबाट केही जानकारी सङ्कलन गरेपछि भने अलि सहज भएको उहाँको भनाइ छ ।

रुपचन्द्र विष्टसँग सङ्गत गरेका मानिसले बोलेको कुरा सुनेर, विभिन्न सन्दर्भ सामग्री जुटाएर पाठ्यक्रम तयार पारिएको प्रमुख विष्टले बताउनुभयो । पठनपाठनका लागि बालबालिकाको उमेर समूहअनुसारको सरल र मीठो भाषा पनि आवश्यक पर्ने भएकाले भाषा छनोटमा पनि केही समय लागेको नगरपालिकाले जनाएको छ । कक्षाअनुसारको विद्यार्थी र उनीहरुले बुझ्ने प्रकृतिको भाषा छनोट समान्य कुरा नभएका कारण पनि लागू गर्न समय लागेको जनाइएको छ । 

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाएपछि विद्यार्थीमा व्यावहारिक ज्ञान, लगनशीलता र इमानदारिता वृद्धि हुने नगरपालिकाको विश्वास छ । रुपचन्द्र विष्ट आफैँ पनि सिकेका कुरा व्यवहारमा उतार्न र जे सिक्ने हो त्यसैमा मात्र लाग्न प्रेरित गर्ने स्वभावका रहेकाले साना बालबालिकामा पनि पाठ्यक्रमबाट त्यस्तै व्यावहारिकता र लगनशीलता वृद्धि हुने विश्वासका कारण पाठ्यक्रम विकास गरिएको बताइएको छ ।

पाठ्यक्रममा समेटिएका विषयवस्तु

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ । ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्नसक्ने प्रकृतिको पाठ्य समाग्री समावेश गरिएको थाहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अनुसार रुपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनानुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको हो । त्यस्तै ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्नसक्ने बताइएको छ । शिक्षामा विपन्न बालबालिकाको पहुँच पु¥याउन रुपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदानबारे पुस्तकमा समावेश गरिएको छ ।

त्यस्तै पुस्तकामा थाहा नगरपालिकाको नामकरणबारेका जानकारी समावेश गरिएको छ । थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, बोटबिरुवा र हावापानीको विषय पनि पुस्तकमा समावेश गरिएको छ । यहाँका ऐतिहासिक तथा पर्यटकीय स्थलबारे पनि पाठ्यपुस्तकमा समावेश गरिएको छ । पालिकामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका स्थल र तिनको धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्वलाई समेटेर आर्थिक सबलीकरणलाई समेत जोड दिएको पाइन्छ । पालिकामा हुने खेतीपाती, पशुपालन र उद्योग व्यवसाय, सीप र रोजगारीका अवस्थाबारे पनि जानकारी पाठ्यपुस्तकबाट पाइन्छ। जसबाट स्थानीयस्तरमा रहेका विभिन्न सीप तथा प्रविधिको संरक्षणमा मद्दत पुग्ने देखिन्छ। 

सामाजिक रूपान्तरण र आधुनिकीकरणमार्फत पालिकामा भएका परिवर्तन र सकारात्मक रूपान्तरणलाई पाठ्यक्रममा समाविष्ट गरेको पाइन्छ । त्यस्तै, पालिकाका प्रेरक व्यक्तित्वलाई समेटिएकाले सम्बन्धित क्षेत्रमा जन्मिएर ओझेलमा परेका उनीहरूकोे योगदान राष्ट्रिय रूपमा परिचित बन्न पुग्छ । यसरी पाठ्यपुस्तकमा समावेश भएका त्यस्ता व्यक्तित्वको जीवनी पढेर विद्यार्थीले थप प्रेरणा प्राप्त गर्न सक्ने नगरपालिकाको विश्वास छ। 

यसरी नगरपालिकाले आफ्ना मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका विषयवस्तुलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्दा आमविद्यार्थीमा आफ्नो स्थानीय तहप्रतिको अपनत्व बढ्ने देखिन्छ। उनीहरूले आफू र आफ्नो परिवेशलाई सहजै बोध गर्न सक्नेछन्। आफ्नो भाषा, संस्कृति, परम्परा, मूल्यमान्यताबारे उनीहरूलाई सकारात्मक रूपमा सिक्ने मौका प्राप्त हुन्छ। फलस्वरुप परसंस्कृति हावी हुन पाउँदैन र आफ्नो संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास नगर प्रमुख विष्टको छ । 

“आफूलाई चिनेर नै आफ्नो देश र विश्व चिन्न सकिन्छ। स्थानीयकरणका साथसाथमा विश्वव्यापीकरणलाई जोड दिनु नै स्थानीय पाठ्यक्रमको महत्वपूर्ण पक्ष हो”, उहाँले भन्नुभयो, “नेपाल र नेपालीको अस्तित्व पहिचान तथा चिनारी बढाउनका लागि पनि स्थानीय पाठ्यक्रम बढी प्रभावकारी हुन सक्छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला