२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा खुल्यो लुम्बिनी वल्र्ड स्कूल

१० बैशाख २०७९, शनिबार ०९:२७

 वैशाख १०, भैरहवा | रुपन्देहीमा खुलेको लुम्बिनी वल्र्ड स्कुल सन्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सन्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ठ स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सन्चालनमा आउन लागेको हो । 

रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए । 

पहिलो बर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । २० जना मात्रै विद्यार्थी राखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आइटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा संचालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केटल बल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगश घिमिरेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली