२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

गत महिना वैदेशिक रोजगारमा जान ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिए

२०७९, ५ चैत्र आईतवार १०:१७

चैत ५, काठमाडौँ । गत फागुन महिनाभर वैदेशिक रोजगारको शिलशिलामा ६१ हजार ८४५ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक जानकारी अनुसार गत महिना ७० म्यानपावरले १०० भन्दा बढी कामदार पठाएका छन् भने ६९८ म्यानपावरले गत महिना कामदार वैदेशिक रोजगारमा पठाउन सबै प्रक्रिया पुरा गरेका छन् । 

फागुन महिनाभर वैदेशिक रोजगारमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका मध्ये २९ हजार २८८ जना बिभिन्न म्यानपावरबाट छन् । जसमा महिलाको संख्या २ हजार एकसय ८२ जना रहेको छ । यस अवधिमा सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिने म्यानपावर काठमाडौँ बत्तीसपुतली स्थित द रिभर ओभर्सिस रहेको छ । यो म्यानपावरले फागुनमा मात्र एक हजार १७ जान कामदार वैदेशिक रोजगारमा पठाउने प्रक्रिया पुरा गरेको छ । यस म्यानपावरबाट वैदेशिक रोजगारमा जाने महिलाको संख्या भने अति न्यून रहेको छ । यस म्यानपावरबाट वैदेशिक रोजगारको लागि २ जना मात्र महिलाले अन्तिम स्वीकृति लिएका छन् । 

यस्तै फागुन महिनामा सर्वाधिक कामदार पठाउन अन्तिम स्वीकृति लिने मध्ये दोश्रो नम्वरमा ललितपुर स्थित इन्टरनेशनल म्यानपावर सर्भिस प्रालि रहेको छ । यो म्यानपावरले फागुनमा चार सय जना पुरुष र नौ जना महिला कामदार वैदेशिक रोजगारमा पठाउन सवै प्रक्रिया सकेर अन्तिम श्रम स्वीकृति लिएको छ । यस्तै तेश्रो नम्बरमा रहेको काठमाडौँ स्थित एक्सिस पार्टनरर्स प्रालिले १० जना महिला सहित ३७२ जना नेपाली कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । 


फागुन अघि माघ महिनामा बिभिन्न म्यानपावरबाट ३२ हजार २१७ जना युवाले अन्तिम स्वीकृति लिएका थिए । माघको तुलनामा फागुनमा वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिनेको संख्या केहि घटेको छ । यस्तै म्यानपावरको सहयोग बिना आफै व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेहरुको संख्या ५ हजार ५३६ जना छन् । यस अवधिमा जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।

यस अवधिमा म्यानपावर कम्पनी मार्फत सबैभन्दा बढीले वैदेशिक रोजगारमा मलेसियाको स्वीकृति लिएका छन् । मलेसिया जान  १६ हजार सात जनाले अन्तिम स्वीकृति लिएका छन्, जस मध्ये २८० जना महिला रहेका छन् । 

गत फागुन महिनाभर वैदेशिक रोजगारमा जान स्वीकृति लिएका युवाहरुमध्ये अधिकांश युवाहरु दक्ष कामदारको रुपमा रहेका छन् । फागुनमा अन्तिम श्रम स्वीकृति लिनेहरु मध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’, १३ हजार ५८० जना अदक्ष, ५ हजार ४४९ जना अधिदक्ष, ६८ जना प्रोफेसनल र ३० जना उच्च दक्षता हासिल गरेकाहरु छन् । 

स्रोत: वैदेशिक रोजगार बिभाग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी