२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज, यस कारण भयो कारवाही

२०८०, २४ श्रावण बुधबार १४:२४

साउन २४, काठमाडौँ । वैदेशिक रोजगारमा पीडित बनाई पीडितहरुलाई क्षतिपूर्ति नदिएपछि बिभिन्न दुई म्यानपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ५१ अन्तर्गत कारवाही गर्दै दुई वटा मेनपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो । 


विभागका महानिर्देशक मदन दाहालले पीडितलाई क्षतिपूर्ति नदिने डि स्क्वायर ग्रुप प्रालि (इजाजत नम्बर १५०५/०७४/७५) र डिलक्स एचआर सोलुसन प्रालि  (इजाजत नम्बर ९५६/०६७/६८) म्यानपावरको इजाजतपत्र रद्ध गरिएको जानकारी दिएका हुन् । निर्देशक दाहालका अनुसार दुवै कम्पनीले पीडितहरूलाई करोडौं रुपैयाँ ठगि गरेर क्षतिपूर्ति समेत नदिएको कारण इजाजतपत्र नै खारेज गर्नुपरेको बताएका छन् । 

निर्देशक दाहालका अनुसार खारेजीमा परेका म्यानपावर कम्पनी डि स्क्वायर ग्रुपले दुई जना पीडितलाई क्षतिपूर्ति नदिएको कारण इजाजत खारेज गरेको जनाएका छन् । त्यस्तै अर्को म्यानपावर कम्पनी डिलक्स एचआर सोलुसन प्रालिले १५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएपछि कारवाहीमा परेको हो । बुधबार मन्त्रालयमा आयोजित पत्रकारसंगको छलफलका क्रममा महानिर्देशक दाहालले म्यानपावरहरुको इजाजतपत्र खारेज गरेको जानकारी दिएका थिए । 

दुवै म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको कारण विभागले मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गरेको बताएका छन् । महानिर्देशक दाहालले जति गल्ति गरेपनि हामीलाई कसले के गर्छ र भन्ने भावना पैदा भएको कारण म्यानपावर व्यवसायीहरुले मनपरी गरिरहेको बताए । बिभागले वैदेशिक रोजगार ऐन बिपरित काम गर्ने म्यानपावर कम्पनीहरुलाई गल्ति अनुसारको सजाय दिन बिभाग पछि नहट्ने बताउँदै नीति नियममा रहेर व्यवसाय संचालन गर्न अनुरोध गरेका छन् । उनले कारवाहीमा पर्ने म्यानपावरहरूलाई पटक पटक ऐन विपरीतको कार्य नगर्न चेतावनी दिँदै आएपनि क्षतिपूर्ति दिन लामो समयदेखि आनाकानी गर्दै आएपछि इजाजतपत्र खारेज गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण