२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज, यस कारण भयो कारवाही

२४ श्रावण २०८०, बुधबार १४:२४

साउन २४, काठमाडौँ । वैदेशिक रोजगारमा पीडित बनाई पीडितहरुलाई क्षतिपूर्ति नदिएपछि बिभिन्न दुई म्यानपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ५१ अन्तर्गत कारवाही गर्दै दुई वटा मेनपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो । 


विभागका महानिर्देशक मदन दाहालले पीडितलाई क्षतिपूर्ति नदिने डि स्क्वायर ग्रुप प्रालि (इजाजत नम्बर १५०५/०७४/७५) र डिलक्स एचआर सोलुसन प्रालि  (इजाजत नम्बर ९५६/०६७/६८) म्यानपावरको इजाजतपत्र रद्ध गरिएको जानकारी दिएका हुन् । निर्देशक दाहालका अनुसार दुवै कम्पनीले पीडितहरूलाई करोडौं रुपैयाँ ठगि गरेर क्षतिपूर्ति समेत नदिएको कारण इजाजतपत्र नै खारेज गर्नुपरेको बताएका छन् । 

निर्देशक दाहालका अनुसार खारेजीमा परेका म्यानपावर कम्पनी डि स्क्वायर ग्रुपले दुई जना पीडितलाई क्षतिपूर्ति नदिएको कारण इजाजत खारेज गरेको जनाएका छन् । त्यस्तै अर्को म्यानपावर कम्पनी डिलक्स एचआर सोलुसन प्रालिले १५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएपछि कारवाहीमा परेको हो । बुधबार मन्त्रालयमा आयोजित पत्रकारसंगको छलफलका क्रममा महानिर्देशक दाहालले म्यानपावरहरुको इजाजतपत्र खारेज गरेको जानकारी दिएका थिए । 

दुवै म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको कारण विभागले मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गरेको बताएका छन् । महानिर्देशक दाहालले जति गल्ति गरेपनि हामीलाई कसले के गर्छ र भन्ने भावना पैदा भएको कारण म्यानपावर व्यवसायीहरुले मनपरी गरिरहेको बताए । बिभागले वैदेशिक रोजगार ऐन बिपरित काम गर्ने म्यानपावर कम्पनीहरुलाई गल्ति अनुसारको सजाय दिन बिभाग पछि नहट्ने बताउँदै नीति नियममा रहेर व्यवसाय संचालन गर्न अनुरोध गरेका छन् । उनले कारवाहीमा पर्ने म्यानपावरहरूलाई पटक पटक ऐन विपरीतको कार्य नगर्न चेतावनी दिँदै आएपनि क्षतिपूर्ति दिन लामो समयदेखि आनाकानी गर्दै आएपछि इजाजतपत्र खारेज गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान