२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फिस्टेल ओभरसिस मार्फत ५ महिना युएईमा अलपत्र युवाहरु नेपाल फर्किएर सिधै बिभाग पुगे (भिडियो रिपोर्ट)

२०८०, २२ मंसिर शुक्रबार ०५:१८

मङ्सिर २२, काठमाडौँ । काठमाडौँ सामाखुसीमा रहेको फिस्टेल ओभरसीस प्रालि मार्फत मासिक १ लाख भन्दा बढी तलब हुन्छ भन्दै युएई गएका युवाहरु अलपत्र परे । पाँच महिना अघि युएई पुर्याईएका युवाहरु कम्पनी समेत देख्न नपाई आफ्नै खर्चमा बिहिबार नेपाल फर्किएका छन् । 


समस्यामा परेका सात जना मध्ये चार जना युवाहरु बिहिबार बिहान नेपाल आईपुगेका छन् । अलपत्र परेका तीन जना युवाहरु भने 'ओभरस्टे' को समस्याका कारण कहिले नेपाल फर्किन्छन् निश्चित छैन । नेपाल फिर्ता भएका युवाहरु नेपाल आएलगत्तै लगेजनै बोकेर ताहाचल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । 

पीडित युवाहरुले प्रतिव्यक्ति ६ लाख तिरेर युएई रोजगारमा गएको बताएका छन् । उक्त म्यानपावरले समस्यामा पारेको ७ जना मात्र भने होइनन् सोहि म्यानपावरले बिदेशनै नपठाई नेपालमा ८ जनालाई पनि चर्को लागत अग्रिम अशुली गरेर ठगि गरेको पाइएको छ । 

युएईमा एजेन्टको झोलामा रहेको कम्पनीमा 'ड्राइभर' पदमा लागिएको तर पुगेपछि कम्पनी समेत नदेखाई एजेन्टको जिम्मा लगाइएको समस्यामा परेका युवाहरुले बताएका छन् ।युएईबाट अलपत्र भई नेपाल फर्किएका युवाहरुलाई लिन नेपालमै सोहि म्यानपावरबाट ठगिएका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेका थिए । 


समस्यामा परेका युवाहरु विमानस्थलबाट सिधै ताहचाल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । उनिहरुले वैदेशिक रोजगार बिभागका निर्देशक लोकनाथ भुषाललाई भेटेका छन् । भेटपछि भुषालले पीडितहरुको समस्याबारे आफूले युएई स्थित नेपाली दुतावासको पत्र प्राप्त भईसकेको भन्दै सम्बन्धित म्यानपावरमाथि कारवाहीको प्रक्रिया अघि बढाईसकिएको जानकारी दिएका छन् । उनले युवाहरुले तिरेको लागत, बिदेशमा जति बसेको छ त्यसै अनुसार सम्झौता बमोजिमको तलब दिलाउने, नेपाल फर्किएको टिकट खर्च समेत फिर्ता गराउने र सम्बन्धित म्यानपावरलाई कारवाही गर्न बिभाग तत्पर रहेको जानकारी दिएका छन् ।   

यसै समन्धमा पुरा भिडियो रिपोर्ट तल हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण