१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

फिस्टेल ओभरसिस मार्फत ५ महिना युएईमा अलपत्र युवाहरु नेपाल फर्किएर सिधै बिभाग पुगे (भिडियो रिपोर्ट)

२२ मंसिर २०८०, शुक्रबार ०५:१८

मङ्सिर २२, काठमाडौँ । काठमाडौँ सामाखुसीमा रहेको फिस्टेल ओभरसीस प्रालि मार्फत मासिक १ लाख भन्दा बढी तलब हुन्छ भन्दै युएई गएका युवाहरु अलपत्र परे । पाँच महिना अघि युएई पुर्याईएका युवाहरु कम्पनी समेत देख्न नपाई आफ्नै खर्चमा बिहिबार नेपाल फर्किएका छन् । 


समस्यामा परेका सात जना मध्ये चार जना युवाहरु बिहिबार बिहान नेपाल आईपुगेका छन् । अलपत्र परेका तीन जना युवाहरु भने 'ओभरस्टे' को समस्याका कारण कहिले नेपाल फर्किन्छन् निश्चित छैन । नेपाल फिर्ता भएका युवाहरु नेपाल आएलगत्तै लगेजनै बोकेर ताहाचल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । 

पीडित युवाहरुले प्रतिव्यक्ति ६ लाख तिरेर युएई रोजगारमा गएको बताएका छन् । उक्त म्यानपावरले समस्यामा पारेको ७ जना मात्र भने होइनन् सोहि म्यानपावरले बिदेशनै नपठाई नेपालमा ८ जनालाई पनि चर्को लागत अग्रिम अशुली गरेर ठगि गरेको पाइएको छ । 

युएईमा एजेन्टको झोलामा रहेको कम्पनीमा 'ड्राइभर' पदमा लागिएको तर पुगेपछि कम्पनी समेत नदेखाई एजेन्टको जिम्मा लगाइएको समस्यामा परेका युवाहरुले बताएका छन् ।युएईबाट अलपत्र भई नेपाल फर्किएका युवाहरुलाई लिन नेपालमै सोहि म्यानपावरबाट ठगिएका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेका थिए । 


समस्यामा परेका युवाहरु विमानस्थलबाट सिधै ताहचाल स्थित वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका छन् । उनिहरुले वैदेशिक रोजगार बिभागका निर्देशक लोकनाथ भुषाललाई भेटेका छन् । भेटपछि भुषालले पीडितहरुको समस्याबारे आफूले युएई स्थित नेपाली दुतावासको पत्र प्राप्त भईसकेको भन्दै सम्बन्धित म्यानपावरमाथि कारवाहीको प्रक्रिया अघि बढाईसकिएको जानकारी दिएका छन् । उनले युवाहरुले तिरेको लागत, बिदेशमा जति बसेको छ त्यसै अनुसार सम्झौता बमोजिमको तलब दिलाउने, नेपाल फर्किएको टिकट खर्च समेत फिर्ता गराउने र सम्बन्धित म्यानपावरलाई कारवाही गर्न बिभाग तत्पर रहेको जानकारी दिएका छन् ।   

यसै समन्धमा पुरा भिडियो रिपोर्ट तल हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार