१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा सेटिङ: अध्यागमनमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकको बयान

१ पुष २०८०, आईतवार ०८:५६

पुस १, काठमाडौँ | नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् ।

बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सो ट्राभल्समा काम गर्दै आएका पदम मनोजको सालो हुन् ।


नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई १ करोड ‘घुस’ दिएको ट्राभल्स सञ्चालकले प्रहरीलाई बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ ‘घुस’ दिएको मनोज र पदमले बयान दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । निमा छिरिङ ट्राभल्सको सम्पर्कमा आएका ३ सय जनालाई खड्काले ‘सेटिङ’मा विदेश जान अनुमति दिएका हुन् । भिजिट भिसामा विदेश पठाएबापत आउने कमिशन खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी सञ्चालित होटल बाल्टिक इनमा गएर लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । मङ्सिर २६ मा होटलबाट पदम लामासँग दुई लाख बुझेर निस्केपछि उनी पक्राउ परेका हुन् ।

 भिजिट भिसा प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले वायुसेवा निगमका ३ जना अधिकृत  र ७ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ गर्नेको सङ्ख्या ३४ जना पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले भने–‘अब, संगठित मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार