२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलबाट फर्किएका विद्यार्थीलाई श्रम स्वीकृति नै लिएर रोजगारीमा लैजाने इजरायलको प्रस्ताव

२०८०, १ पुष आईतवार ११:३८

पुस १, काठमाडौँ | ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ । गत ७ अक्टोबरमा इजरायलमा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्रमका लागि इजरायल पुगेका विभिन्न विश्वविद्यालयका २५८ जना विद्यार्थी नेपाल फर्किएका थिए ।

फर्किएकाहरू सबैलाई श्रम स्वीकृति नै लिएर इजरायलमा रोजगारीका लागि लैजाने प्रस्ताव इजरायलले गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले इजरायलबाट उनीहरू अब अर्न एन्ड लर्न कार्यक्रमका लागि नभई श्रम स्वीकृति नै लिएर रोजगारीको लागि लैजाने प्रस्ताव आएको बताए ।

‘अर्न एन्ड अर्न कार्यक्रमबाट फर्किएका विद्यार्थीलाई अफिसियल्ली नै रोजगारीमा लैजाने प्रस्ताव आएको छ । त्यसमा सरकारले निर्णय गरिसकेको छैन । छलफल चलिरहेको छ,’ सचिव भण्डारीले भने ।  

इजरायलका विभिन्न कृषि फार्महरू सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत नेपालबाट कृषि विषय पढ्ने विद्यार्थीहरू इजरायल जाँदै आएका छन् । उक्त आक्रमणपछि भने सबै विद्यार्थी नेपाल फर्किएका थिए ।

उक्त कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने ट्रेनिको रूपमा ४९ जना कृषि विषय पढ्ने विद्यार्थीलाई पठाएको थियो । त्यस्तै कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनबाट ११९ जना विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना गरी २६५ जना विद्यार्थी इजरायल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल