१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दक्षिण कोरिया रोजगार: आवेदनबाटै बाहिरियो ५३ करोड रुपैयाँ

९ पुष २०८०, सोमबार ०६:३१

पुस ९, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । उनीहरूले प्रतिव्यक्ति २८ अमेरिकी डलर दस्तुर तिरेर आवेदन फाराम भरेका हुन् । उनीहरूले तिरेको उक्त पैसा एचआरडी कोरियाको खातामा जान्छ । त्यो पैसाले एचआरडी कोरियाले परीक्षा सञ्चालन गर्न खर्चिँदै आएको छ ।


उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूबाट ईपीएस शाखाले ५३ करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । प्रति अमेरिकी डलर बराबर १३३ रुपैयाँ हुँदा आवेदन दिएकाहरूबाट ५३ करोड ५५ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको हो । यसमा २८ हजारभन्दा बढी यसअघि सीप विल्डिङका लागि आवेदन दिएर अनुउत्तीर्ण भएकाहरूले फाराम भर्न बाँकी छ ।

उनीहरूलाई समेत आवेदन फाराम भर्न दिएको खण्डमा आवेदन दिनेहरूको सङ्ख्या १ लाख ७२ हजारको हाराहारीमा हुन्छ । उक्त हिसाब गर्दा २८ डलरको दरले ६४ करोड भन्दा बढी रकम हुन आउँछ । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले तिरेको सबै २८ डलर नै कोरिया पठाइने गरेको बताए । कोरिया पठाएपछि कोरियाले ८ डलर ईपीएस कार्यालयलाई फिर्ता गर्ने गरेको उनको भनाई छ ।

‘जम्मा गरेर २८ डलर नै कोरिया पठाइदिन्छौं । पछि ८ डलर फिर्ता गर्छ । २० डलर आफैँले राख्छ । हामीलाई दिएको पैसा हाम्रो कोषमा हुन्छ । कोषमा २५ करोडभन्दा बढी होला । उसले परीक्षा सञ्चालन गर्न खर्च गर्छ’ निर्देशक सुवेदीले भने ।

कोरियाले ईपीएस मार्फत परीक्षा सञ्चालन तथा अन्य व्यवस्थापनको लागि भन्दै २८ डलर शुल्क लिँदै आएको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार