२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अदालतको आदेशपछि अब के हुन्छ ? यस्तो भन्छ ईपीएस कोरिया शाखा

२०८०, १३ पुष शुक्रबार ११:०५

पुस १३, काठमाडौँ | उच्च अदालत पाटनले यसअघि सिपबिल्डिङमा परीक्षा दिएका सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको छ ।

उच्च अदालत पाटनले यसअघि कोरिया जानका लागि खुलेको विज्ञापनमा परीक्षा दिइसकेकालाई पनि मंसिरको अन्तमा खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा सहभागी गराउन आदेश दिएको हो । उच्च अदालत पाटनकै आदेशपछि सिपबिल्डिङमा आवेदन दिइसकेका १८ जनालाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भर्न इपीएस कोरिया शाखाले सहमति जनाएको थियो ।

इपीएस कोरिया साखाका अनुसार कोरिया जानका लागि कुनैपनि व्यक्तिले एक वर्षमा एक सेक्टरमा मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसअनुसार यसअघि सिपबिल्डिङ सेक्टरमा आवेदन दिएकाहरुले हाल खुलेको ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन पाएका थिएनन् । तर, आज उच्च अदालन पाटनले दिएको आदेशअनुसार सबैले ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा आवेदन दिन पाउने भएका छन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीका अनुसार अब यसअघि सिपबिल्डिङमा सहभागी सबैलाई ‘म्यानुफ्याक्चरीङ सेक्टर’ मा फर्म भराइनेछ । तर, यसमा कोरियाले अस्विकार पनि गर्न सक्ने छ ।

निर्देशक सुवेदी भन्छन, ‘इपीएस कोरिया साखा केबल एक माध्यम मात्रै हो । १८ जनालाई हामीले व्यवस्थापन गर्न भनेका छौ भने । सबैलाई पनि गर्न सकिन्छ । हामीले १८ जनालाई सहभागीका लागि कोरियालाई गरेको मेलको रिप्लाई आएको छैन् । अब यसमा केहि भन्न सकिदैनन् । अब श्रम मन्त्रालय, वैदेशीक रोजगार विभागले छलफल गर्छ । हामीले त काम मात्रै गर्ने हो । अहिले चलिरहेको विवादको समाधान छैन भन्ने होइन विकल्पहरु छन् । सबैले उग्र हुनु भएन । सान्त भएर समाधा पनि निकाल्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल