२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

क्यानडा, सिंगापुर जस्ता मुलुक पठाइदिने भन्दै १० करोडभन्दा बढी ठगी गर्ने लामा पक्राउ

२०८०, १७ पुष मंगलवार ११:०३

पुस १७, काठमाडौँ | युवाहरुबाट १० करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नम्बर १ बस्ने लाल बहादुर लामा रहेका छन् ।

४७ वर्षीय उनले श्री स्टार ट्रेनिङ सेन्टरमार्फत धेरै बेरोजगार युवाहरुलाई ठगेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।


कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सुवास वाईबा, राजेश तुम्सीङ मगर, दावा लामालगायतलाई वैदेशिक रोजगारीको बिभिन्न देशहरु लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरुमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेका थिए ।

सो उजुरीपछि अनुसन्धान गर्दै जाने क्रममा उनले आफ्नो मेनपावरमार्फत बेरोजगार युवाहरुबाट ५ लाख देखि १५ लाख सम्म लिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत पाइएको छ ।

उनलाई शंखमुलबाट नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा १० करोडभन्दा बढी रकम उठाएको पाइएको रेग्मीले बताए । उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी  समेत बरामद भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण