१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

२२ पुष २०८०, आईतवार ०९:११

पुस २२, काठमाडौँ | युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना नभएसम्म संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति रोकेको हो।

देशमा रोजगार नपाएका युवा विदेशी सेनामा पाए पनि जान नेपाली तयार छन्। त्यति मात्र होइन, देशमा जस्तोसुकै काम भए पनि छोडेर जाने प्रवृत्ति देखिएको छ। यसै क्रममा नेपाली युवाहरू अवैध रूपमा रुसी सेनामा भर्ना भएपछि सरकारले श्रम स्वीकृति रोकेको हो।

‘वैदेशिक रोजगार विभागले रुस र युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो,’ वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले भने, ‘पछिल्लो वर्ष युक्रेनमा भने संस्थागत रूपमा श्रम स्वीकृति लिएर गएका छैनन्। तर, पनि युक्रेननमा केही नेपाली रहेको तथ्य भेटिएकाले सिधै युक्रेनका लागि श्रम लिएर नगए पनि अर्को देशलाई ट्रान्जिट बनाएर युक्रेनमा पुग्ने गरेका देखियो।’

उनले भने, ‘यसरी युवाहरू अन्य देश हुँदै वैदेशिक रोजगारीको खोजीमा रुसी सेनामा भर्ती भई रुस र युक्रेनबिच भएको युद्धमा अकालमै ज्यान गुमाउनुपरेको हुदाँ यी दुई देशमा श्रम स्वीकृति दिनमा बन्देज लगाएको हो।’

पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ। विभागका अनुसार रुसी फौजमा भर्ना भएका दश नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ। ती देशमा एक सय नेपाली नागरिक सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराएको छ।

‘नेपाली युवालाई भारत र युएईको बाटो हुँदै रुस पुग्ने गरेका छन्। उनीहरूलाई सेनामै लगिएको भन्ने देखिंदैन तर जानेहरूलाई सेनामै जाँदै छु भन्ने जानकारी भएकै हुन्छ,’ एक सरकारी अधिकारीले भने।

‘नेपाली भन्नेबित्तिकै वीर गोर्खाली भनेर संसारभर परिचय छ। सेनामा नेपाली युवालाई भर्ना लिने कारण यो पनि हो,’ उनले भने, ‘आँटिलो र साहसी नेपाली भएकैले सेनामा भर्ती लिने गरेको हो। रुसी सेनामै भर्ती हुने नेपाली युवालाई ३ लाखभन्दा बढी रूपैयाँ मासिक तलब हुने खुल्न आएको अधिकारीले बताए।

त्यस्तै २०७८ फागुन १२ देखि रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ भने एकजना नेपाली युवा युक्रेनमा बन्धक छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। यसरी वैदेशिक रोजगारीमा खट्किएका नेपाली युवा रुसी सेनामा भर्ना हुन् लालायित रहेको र राज्यले युवालाई भरपर्दो रोजगारी दिन नसक्दा यस्ता समस्या आइरहेको अधकारीहरू बताउँछन्।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रुसमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर ३ सय ८६ जना नेपाली त्यहाँ पुगेको देखिन्छ। जसमध्ये श्रम स्वीकृति लिनेमा १६ महिला छन्। यो तथ्यांकले उक्त वर्ष युक्रेन जानेको संख्या शून्य देखिन्छ।

चालु आर्थिक वर्षमा रुस जाने नेपाली युवाको संख्या ह्वात्तै बढ्नुको कारण जोखिम भए पनि रोजगारीको खोजी हो।  

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० बीच ७ सय ४४ नेपाली श्रम स्वीकृति लिई रुस पुगेका छन्। चालु आव सुरु भएसँगै रुस जाने युवाको संख्या अझै बढेको छ। पाँच वर्षमा रुस गएको संख्याभन्दा बढी गत वैशाखदेखि मंसिरसम्ममा पुगेको छ। यसबीच श्रम स्वीकृत लिएर ५ सय ७३ जना स पुगेका हुन्। अध्ययन, भ्रमण, रोजगारी र अन्य उद्देश्यले नेपाली युवा रुस पुगेका हुन्।

रुसमा पढ्न र रोजगारीका लागि नेपाली युवा रुस–युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए। युद्ध सुरु भएपछि झन् धेरै रुस जाने क्रम बढेको विभागको तथ्याकंले देखाएको छ।

वैदेशिक रोगजार विभागको तथ्यांकअनुसार यो वर्ष वैशाखमा १७ जनाले मात्रै रुसमा काम गर्न श्रमस्वीकृति लिएका थिए। तर, त्यो संख्या जेठमा आइपुग्दा ह्वात्तै बढेर १ सय ७९ पुगेको देखिन्छ। जेठको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा १ सय ७९ जना नेपाली नागरिक रुस गएको देखिन्छ।

साथै असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४० जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो