२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि अमेरिका, टर्की र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तीनजना पक्राउ

२५ पुष २०८०, बुधबार १२:०७

पुस २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् ।


काठमाडौँ बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् । उनलाई पुस २४ गते बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै, नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ गरिएको रेग्मीको भनाई छ ।

यता धनकुटा घर भई हाल काठमाडौँ बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन् । उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो । तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपरीक्षक रेग्मीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान