२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरियाको उत्पादनमूलक क्षेत्रको ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

२०८०, २ माघ मंगलवार ०९:२७

माघ २, काठमाडौँ | दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा केही ढिलाइ हुने भएको छ ।

यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सञ्चालनका लागि तयारी नपुग्दा परीक्षा करिव एक महिना पछि धकेलिने भएको छ। एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ। 

महानिर्देशक घिमिरेले भने ‘उनीहरूको कम्प्युटर सिस्टममा पहिला ५ डिजिटको मात्रै रहेछ । भर्खरै त्यो ६ डिजिटको बनायो । अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति टाइम लाग्ला जस्तो देखियो । अब फेब्रअरीको ४ (माघ २१ गते) बाट सूचना निकाल्नुपर्ला भनेर टाइम दिएका छन्’।

भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या धेरै भएपछि यसअघि तयारी गरेको मितिमा परीक्षा सञ्चालन गर्न नसकिएको एचआरडी कोरियाले ईपीएस शाखालाई जानकारी गराएको छ।

यसअघि कम्प्युटरबाट परीक्षा दिँदा एक लाखभन्दा कम भएको र सोही अनुसारको प्रणालि तयार रहेको तर अहिले एकलाख बढी आवेदक भएपछि प्रणालिमा केही परिवर्तन गर्नु पर्ने भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको महानिदर्देशक घिमिरेले बताए।

उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि हुने भाषा परीक्षामा करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने छ।  एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने छन्। दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा भाषा परीक्षामा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी