२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलले माग्यो ८०० नेपाली कामदार, के-के चाहिन्छ योग्यता ?

२०८१, ११ असार मंगलवार ०३:४१

असार ११, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बिभाग मार्फत इजरायलमा आठ सय कामदारका लागि आवेदन खुला भएको छ । वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना बैकल्पिक उम्मेदवार छनौटमा पर्ने भएका हुन् । जसमा ६० प्रतिशत महिला कामदार र ४० प्रतिशत पुरुष कामदार छनौट हुनेछन् । 


रोजगारीका लागि इजरायल जान २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । उचाईमा १.५ मिटर र कामदारको तौल कम्तिमा ४५ केजी हुनुपर्ने मापदण्डमा उल्लेख छ । यस्तो रोजगारमा जान १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ । 

पहिला इजरायल गएकाहरूले भने यो प्रक्रियामा आवेदन दिन पाउने छैनन् । सूचनाअनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ

यस अघिनै इजरायल र नेपालबीच श्रम सम्झौता भएर नेपालीहरुले इजरायलमा केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । स्याहारका लागि जाने कामदारको तलब  ५ हजार ८८० इजरायली सेकेल तोकिएको छ । जसको नेपाली रुपयाँ अनुसार २ लाख १० हजार तलब हुन्छ । रोजगारमा जोडिनेहरूले सातामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने हुन्छ भने आवासको प्रबन्ध रोजगारदातादिन्छन् । एक पटक रोजगारमा जाने कामदारको करार अवधि १ वर्षको हुने भए पनि करार थप्दै ५ वर्षसम्म इजरायल बस्न पाइने छ ।

इजरायल जाने प्रक्रिया सरकार/सरकारबीचको सम्झौताबाट हुने भएकोले यस्तो रोजगारमा जान बिचौलियाको भरमा पर्नु हुँदैन । प्रक्रियाबाहिर गएर रोजगारमा जोडिन खोज्दा ठगि हुन्छ ।

यो रोजगारमा जोडिन चाहने उपयुक्त आवेदकहरुले वैदेशिक रोजगार बिभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन फारम भर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री