१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

राजेश हमालले उद्घाटन गरेको प्रचार गर्दै कन्सल्टेन्सीको ठगी धन्दा, युरोप पठाउने नाममा ३०० युवा ठगिए

२० असार २०८१, बिहीबार ०६:५३

असार २०, काठमाडौँ । इटहरीमा रहेको इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर (ईटूडब्ल्यू)  कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा पठाइदिने भन्दै करिब तीन सय युवाबाट ८ करोड रुपैयाँ बराबरको रकम ठगी गरेको खुलेको छ  ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० साउन १५ मा दर्ता भएको कम्पनीले माल्टा, पोल्यान्ड, सर्बिया, क्रोएसिया, हंगेरी, ग्रीस लगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति ४० हजारदेखि चार लाख रुपैयाँसम्म असुल गरेर कम्पनी सञ्चालक फरार भएका छन् । उक्त रकम उठाएर कम्पनीको इटहरी शाखा प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा लुकेर बसेको पीडितहरूको आरोप छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको उक्त कम्पनी वैदेशिक रोजगार विभागमा भने दर्ता भएको देखिँदैन ।

उक्त कम्पनीको उद्घाटनमा चलचित्र अभिनेता राजेश हमाललाई बोलाएको थियो । त्यही आधारमा कम्पनीले सामाजिक सञ्जालमा प्रचार प्रसार गर्दै आएको थियो । सन् २०२३ अगस्ट ३ मा इटहरी शाखाको उद्घाटन गरिएको थियो । उक्त शाखाको उद्घाटनमा हमाललाई बोलाइएको थियो । कार्यक्रममा हमालको साथमा उनकी पत्नी मधु भट्टराईको समेत उपस्थिति थियो । धेरै जसो युवाहरू हमालले नै उद्घाटन गरेको कार्यालय भन्दै विश्वासमा परेको एक पीडितले बताए ।


कतारमा केन्द्रीय कार्यालय रहेको भन्दै उक्त कम्पनीले नेपालका काठमाडौँ, इटहरी, बुटवल र चितवनमा गरी चार वटा शाखा खोलेको थियो । इटहरीमा रहेको शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय विराटनगरले सिल गरेको छ ।  

सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । उनले आफ्ना छोरा अमित बराइली, राजुकमार गजमेरसहित संलग्नतामा इटहरीको शाखाबाट तीन सय युवालाई ठगी गरेको पाइएको हो । 

उक्त कम्पनीले गत वर्षदेखि नै पैसा उठाउँदै आएको थियो । त्यसरी उठाएको पैसा नगदमै तथा बैंक खातामार्फत उठाउने गरेको पाइएको छ । युवाहरूले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायत विभिन्न ८ वटा बैंक खातामा पैसा जम्मा गरेको पीडितहरूले बताएका छन् । पैसा जम्मा गरेको एक वर्ष हुँदासमेत विदेश पठाउनुको साटो सञ्चालक सम्पर्कमा नआएपछि सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । 

पीडितहरूले कतारस्थित केन्द्रीय कार्यालयमा समेत यसरी नै ठगी गर्ने गरेको बताएका छन् । ‘यत्रो महिना भयो । विदेश पठाउने भनेर पैसा लियो । पैसा दिएपछि भोलि हुन्छ, पर्सी हुन्छ भनेर दिनदिनै समय सार्दै गयो । अहिले त सम्पर्कमै आएन,’ एक पीडितले भने ।

पीडितहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत उजुरी दिएका थिए । उनीहरूले मन्त्री डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै आफूहरू ठगिएको बताएका थिए । मन्त्री अर्यालको सचिवालयले विभागलाई पत्राचार गर्दै उजुरीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो । विभागले आवश्यक कागजात मगाएर प्रमुख प्राथमिकताका साथ छानबिन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा