२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

राजेश हमालले उद्घाटन गरेको प्रचार गर्दै कन्सल्टेन्सीको ठगी धन्दा, युरोप पठाउने नाममा ३०० युवा ठगिए

२०८१, २० असार बिहीबार ०६:५३

असार २०, काठमाडौँ । इटहरीमा रहेको इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर (ईटूडब्ल्यू)  कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा पठाइदिने भन्दै करिब तीन सय युवाबाट ८ करोड रुपैयाँ बराबरको रकम ठगी गरेको खुलेको छ  ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० साउन १५ मा दर्ता भएको कम्पनीले माल्टा, पोल्यान्ड, सर्बिया, क्रोएसिया, हंगेरी, ग्रीस लगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति ४० हजारदेखि चार लाख रुपैयाँसम्म असुल गरेर कम्पनी सञ्चालक फरार भएका छन् । उक्त रकम उठाएर कम्पनीको इटहरी शाखा प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा लुकेर बसेको पीडितहरूको आरोप छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको उक्त कम्पनी वैदेशिक रोजगार विभागमा भने दर्ता भएको देखिँदैन ।

उक्त कम्पनीको उद्घाटनमा चलचित्र अभिनेता राजेश हमाललाई बोलाएको थियो । त्यही आधारमा कम्पनीले सामाजिक सञ्जालमा प्रचार प्रसार गर्दै आएको थियो । सन् २०२३ अगस्ट ३ मा इटहरी शाखाको उद्घाटन गरिएको थियो । उक्त शाखाको उद्घाटनमा हमाललाई बोलाइएको थियो । कार्यक्रममा हमालको साथमा उनकी पत्नी मधु भट्टराईको समेत उपस्थिति थियो । धेरै जसो युवाहरू हमालले नै उद्घाटन गरेको कार्यालय भन्दै विश्वासमा परेको एक पीडितले बताए ।


कतारमा केन्द्रीय कार्यालय रहेको भन्दै उक्त कम्पनीले नेपालका काठमाडौँ, इटहरी, बुटवल र चितवनमा गरी चार वटा शाखा खोलेको थियो । इटहरीमा रहेको शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय विराटनगरले सिल गरेको छ ।  

सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । उनले आफ्ना छोरा अमित बराइली, राजुकमार गजमेरसहित संलग्नतामा इटहरीको शाखाबाट तीन सय युवालाई ठगी गरेको पाइएको हो । 

उक्त कम्पनीले गत वर्षदेखि नै पैसा उठाउँदै आएको थियो । त्यसरी उठाएको पैसा नगदमै तथा बैंक खातामार्फत उठाउने गरेको पाइएको छ । युवाहरूले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायत विभिन्न ८ वटा बैंक खातामा पैसा जम्मा गरेको पीडितहरूले बताएका छन् । पैसा जम्मा गरेको एक वर्ष हुँदासमेत विदेश पठाउनुको साटो सञ्चालक सम्पर्कमा नआएपछि सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । 

पीडितहरूले कतारस्थित केन्द्रीय कार्यालयमा समेत यसरी नै ठगी गर्ने गरेको बताएका छन् । ‘यत्रो महिना भयो । विदेश पठाउने भनेर पैसा लियो । पैसा दिएपछि भोलि हुन्छ, पर्सी हुन्छ भनेर दिनदिनै समय सार्दै गयो । अहिले त सम्पर्कमै आएन,’ एक पीडितले भने ।

पीडितहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत उजुरी दिएका थिए । उनीहरूले मन्त्री डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै आफूहरू ठगिएको बताएका थिए । मन्त्री अर्यालको सचिवालयले विभागलाई पत्राचार गर्दै उजुरीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो । विभागले आवश्यक कागजात मगाएर प्रमुख प्राथमिकताका साथ छानबिन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण