२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी खारेज, कुन-कुन परे? (सूचीसहित)

२०८१, २५ असार मंगलवार ११:४८

असार २५, काठमाडौँ । वैदेशिक रोजगार विभागले एकै पटक ५८४ म्यानपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरेको छ । वैदेशिक रोजगार विभागमा दर्ता भई इजाजत पत्र लिएका तर, वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी विभागले खारेज तथा कारोबार रोक्का गरेको हो ।

वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले स्वीकृति नलिई कामदार पठाएका, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएका, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएका, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेका कम्पनी खारेज तथा कारोबार रोक्का गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

उनका अनुसार अनुमतिबिना शाखा कार्यालय खोलेका, विज्ञापन प्रकाशन नगरेका, छनौट सूची प्रकाशन नगरेका, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका पनि खारेज तथा कारोबार रोक्कामा परेका छन् ।

यस्तै व्यक्तिगत रूपमा कामदार पठाएका, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएका, आदेश वा निर्देशन पालना नगरेका, करार विपरीत कार्य गरेकालाई म्यानपावर कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गरिएको विभागले जनाएको छ ।

खारेज तथा खाता रोक्कामा पर्नेमा पहिलो नम्बरमा ए वन ओभरसिज प्राली रहेको छ भने अन्तिम तथा ५८४ नम्बरमा जेनिथ प्रोग्रेसिभ प्राली रहेको छ ।

यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने महानिर्देशक घिमिरेले बताए ।

नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउनका लागि १ हजार ६०४ वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । विभागकै तथ्यांक अनुसार अहिले इजाजत पत्र प्राप्त गरेका म्यानपावरमध्ये ९८२ म्यानपावर कम्पनी मात्रै कानूनी रूपमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु