२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कोरिया रोजगार: तोडियो कोरियन एयरलाइन्सको एकाधिकार, अब हवाई भाडा सस्तो पर्ने

२०८१, २८ असार शुक्रबार ०२:१४

असार २८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको हवाई उडानका लागि बोलपत्र आव्हान गरेसँगै कोरिया रोजगारमा जाने कामदारको हवाई भाडा सस्तो पर्ने भएको छ । मन्त्रालय अन्र्तगतको ईपीएस कोरिया शाखाले काठमाडौदेखि कोरियाको सिओलसम्मको हवाई उडानका लागि बोलपत्र आव्हान गरेको हो । 

विगत केही बर्ष देखि कोरियन एयरलाइन्सले मात्रै ईपीएस मार्फत कोरिया जाने श्रमिकलाई लग्दै आईरहेको छ । कोरियन एयरलाइन्ससँगको सम्झौता सकिन लागेपछि श्रममन्त्री डोल प्रसाद अर्यालको विशेष ध्यानाकर्षणमा ईपिएस शाखाले नयाँ बोलपत्र आव्हान हो । शाखाले आर्थिक बर्ष २०८१/८२ देखि एक बर्षसम्मको लागि सिओलसम्म श्रमिक लैजानको लागि बोलपत्र आवह्वान गरेको हो । विद्युतीय माध्यमबाट बोलपत्र आवहन गरेको इपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ । बोलपत्र बापतको शुल्कको लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ । त्यसका लागि ३ करोड ८५ रुपैयाँको धरौटी रकम माग गएिको छ ।

आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकदा दिइने । एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरुलाई सम्झौता दरमा नबढ्ने गरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्नेछ । 

कोभिड भन्दा पहिला इपिएस मार्फत कोरिया जाने नेपाली श्रमिक ट्रान्जिट भएर पनि कोरिया जान पाउने व्यवस्था थियो । ट्रान्जिट भएर कोरिया जाँदा हवाई टिकटको मूल्य सस्तो थियो । तत्कालिन ५०० देखि ६६५ अमेरिकी डलर हवाई भाडा थियो । तर, कोभिड अवधिमा पहिलो नेपाल र पछि कोरिया सरकारले नेपाली श्रमिक कोरिया जान रोक लगाए । एक समय पछि भने कोरियाले विभिन्न शर्त राखी नेपाली श्रमिक कोरिया लैजान तयार भयो । जसमध्ये नेपाली श्रमिक सिधै उडानबाट कोरिया जानुपर्ने प्रावधान थियो । नेपालबाट कोरियन एयरलाईन्सले मार्फत सिधा उडान भर्ने भएकालेले ईपिएस मार्फत कोरिया जाने श्रमिकसँग कोरियन एयरलाइन्सको विकल्प थिएन । जुन प्रक्रिया हालसम्म पनि चलि रहेको छ । कोरियन एयरलाईन्स मार्फत कोरिया जाँदा प्रति व्यक्ति ८९५ डलर शुल्क असुल्दै आएको छ । 

कोरियन एयरलाईन्स एकाधिर तोडदै श्रमिकलाई सहज र सस्तो सेवा दिन मन्त्रालयले नयाँ आवहान गरेको हो । मन्त्रालयले गरेको निर्णय अनुसार अब देखि कुनै पनि एयरलाइन्सले श्रमिक लैजान पाउने छन् । सिधा वा ट्रान्जिटबाट उडानबाट कुनै पनि एयरलाइन्सले श्रमिक लैजाने पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण