२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चार दिन हिरासतमा बसेर डिपोर्ट भए लाखौं खर्च गरेर पोर्चुगल पुगेका ६ जना

२०८१, ३ श्रावण बिहीबार ०७:२१

साउन ३, काठमाडौँ । पोर्चुगलको अध्यागमन कार्यालयले चार दिन नियन्त्रणमा राखेर गणेशसहित ६ जना युवालाई नेपाल फर्काएको छ। उनीहरुलाई नक्कली भिसा भएकाले पोर्चुगलमा पक्राउ गरी र नेपाल फिर्ता पठाइएको हो।

चार दिन पोर्चुगलको हिरासतमा बसेपछि गणेशसहित रामचन्द्र गौतम, प्रतिकार चिलुवाल, खगराज गौतम, नेत्रबहादुर गुरुङ र सुमित गुरुङ डिपोर्ट भएर पोखरा आइपुगेका हुन् ।

उनीहरू सबैले जनही १८ लाख १३ हजार ८ सय रूपैयाँ कन्सल्टेन्सी कम्पनीलाई बुझाएका थिए। उनीहरूले अध्यागमन विभागमा र जिल्ला प्रशासन कार्यालय, कास्कीमा ठगीविरूद्ध उजुरी गरेका छन्।


वैदेशिक रोजगारीका जानकारहरूले नक्कली भिसामा पोर्चुगल पठाउन वैदेशिक रोजगार विभागका कर्मचारीको समेत संलग्नता रहेको आशंका गरेका छन्। विभागका एक कर्मचारीका अनुसार नक्कली भिसामा सक्कली श्रम स्वीकृति पाउने सम्भावना नै हुँदैन।

'पोर्चुगल पुगेका युवाहरूको भिसा नक्कली भए पनि श्रम स्वीकृति सक्कली देखियो। यसले विभागका कर्मचारीको संलग्नता देखाउँछ,' विभागका ती कर्मचारीले भने।

वैदेशिक रोजगार ऐन र निर्देशिकाअनुसार श्रम स्वीकृति लिन भिसा अनिवार्य हुन्छ। भिसा सक्कली हो कि नक्कली भन्ने जाँच गरेर सक्कली भिसा भएकाले मात्र स्वीकृति पाउने व्यवस्था छ। रोजगारीका लागि नेपाली युवा लैजान चाहने देशका कम्पनीले नेपालका प्रतिनिधिलाई मात्र होइन, वैदेशिक रोजगार विभागलाई पनि लैजान चाहेका युवाको संख्या, काम, तलब, सुविधा इत्यादि सबै उल्लेख गरेको पत्र दिनुपर्ने कानुनी व्यवस्था छ।

म्यानपावर कम्पनीले दिएको विवरण र कामदार माग गरेका कम्पनीले पठाएको विवरण मिलेपछि मात्र श्रम स्वीकृति दिनुपर्ने प्रावधान छ। गणेशसहितका ६ जना युवाको हकमा नक्कली भिसामा श्रमस्वीकृति दिएर दलाललाई ठग्न सजिलो बनाइदिएको ती कर्मचारीको भनाइ छ।

'वैदेशिक रोजगार विभागका कर्मचारीको संलग्नताबिना नक्कली भिसा, नक्कली काम र नक्कली कम्पनीलाई श्रमस्वीकृति दिनै सकिँदैन। विभागले कसरी दिएछ, अचम्ममा छौं,' ती कर्मचारीले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी भिसा नक्कली हो कि सक्कली भनेर जाँच गर्ने 'मेकानिजम' नभएको बताउँछन्।

'श्रम स्वीकृति आवेदनका आधारमा दिए होलान्। भिसा नक्कली हो कि सक्कली भनेर चेक गर्ने मेकानिजम छैन,' उनले भने, 'हामी यस विषयमा हेर्दैछौं। नक्कली भिसा भएको भए किन सक्कली श्रम स्वीकृति दिन्छन् र!'

उनले उक्त श्रम स्वीकृति विभागले नभई विभागअन्तर्गत ताहाचलस्थित श्रम कार्यालयले दिएको बताए। यसमा अनुसन्धान हुने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु