२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चार दिन हिरासतमा बसेर डिपोर्ट भए लाखौं खर्च गरेर पोर्चुगल पुगेका ६ जना

३ श्रावण २०८१, बिहीबार ०७:२१

साउन ३, काठमाडौँ । पोर्चुगलको अध्यागमन कार्यालयले चार दिन नियन्त्रणमा राखेर गणेशसहित ६ जना युवालाई नेपाल फर्काएको छ। उनीहरुलाई नक्कली भिसा भएकाले पोर्चुगलमा पक्राउ गरी र नेपाल फिर्ता पठाइएको हो।

चार दिन पोर्चुगलको हिरासतमा बसेपछि गणेशसहित रामचन्द्र गौतम, प्रतिकार चिलुवाल, खगराज गौतम, नेत्रबहादुर गुरुङ र सुमित गुरुङ डिपोर्ट भएर पोखरा आइपुगेका हुन् ।

उनीहरू सबैले जनही १८ लाख १३ हजार ८ सय रूपैयाँ कन्सल्टेन्सी कम्पनीलाई बुझाएका थिए। उनीहरूले अध्यागमन विभागमा र जिल्ला प्रशासन कार्यालय, कास्कीमा ठगीविरूद्ध उजुरी गरेका छन्।


वैदेशिक रोजगारीका जानकारहरूले नक्कली भिसामा पोर्चुगल पठाउन वैदेशिक रोजगार विभागका कर्मचारीको समेत संलग्नता रहेको आशंका गरेका छन्। विभागका एक कर्मचारीका अनुसार नक्कली भिसामा सक्कली श्रम स्वीकृति पाउने सम्भावना नै हुँदैन।

'पोर्चुगल पुगेका युवाहरूको भिसा नक्कली भए पनि श्रम स्वीकृति सक्कली देखियो। यसले विभागका कर्मचारीको संलग्नता देखाउँछ,' विभागका ती कर्मचारीले भने।

वैदेशिक रोजगार ऐन र निर्देशिकाअनुसार श्रम स्वीकृति लिन भिसा अनिवार्य हुन्छ। भिसा सक्कली हो कि नक्कली भन्ने जाँच गरेर सक्कली भिसा भएकाले मात्र स्वीकृति पाउने व्यवस्था छ। रोजगारीका लागि नेपाली युवा लैजान चाहने देशका कम्पनीले नेपालका प्रतिनिधिलाई मात्र होइन, वैदेशिक रोजगार विभागलाई पनि लैजान चाहेका युवाको संख्या, काम, तलब, सुविधा इत्यादि सबै उल्लेख गरेको पत्र दिनुपर्ने कानुनी व्यवस्था छ।

म्यानपावर कम्पनीले दिएको विवरण र कामदार माग गरेका कम्पनीले पठाएको विवरण मिलेपछि मात्र श्रम स्वीकृति दिनुपर्ने प्रावधान छ। गणेशसहितका ६ जना युवाको हकमा नक्कली भिसामा श्रमस्वीकृति दिएर दलाललाई ठग्न सजिलो बनाइदिएको ती कर्मचारीको भनाइ छ।

'वैदेशिक रोजगार विभागका कर्मचारीको संलग्नताबिना नक्कली भिसा, नक्कली काम र नक्कली कम्पनीलाई श्रमस्वीकृति दिनै सकिँदैन। विभागले कसरी दिएछ, अचम्ममा छौं,' ती कर्मचारीले भने।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरूदत्त सुवेदी भिसा नक्कली हो कि सक्कली भनेर जाँच गर्ने 'मेकानिजम' नभएको बताउँछन्।

'श्रम स्वीकृति आवेदनका आधारमा दिए होलान्। भिसा नक्कली हो कि सक्कली भनेर चेक गर्ने मेकानिजम छैन,' उनले भने, 'हामी यस विषयमा हेर्दैछौं। नक्कली भिसा भएको भए किन सक्कली श्रम स्वीकृति दिन्छन् र!'

उनले उक्त श्रम स्वीकृति विभागले नभई विभागअन्तर्गत ताहाचलस्थित श्रम कार्यालयले दिएको बताए। यसमा अनुसन्धान हुने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान