२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु: कुनले कति कामदार पठाए ?

२०८१, ४ श्रावण शुक्रबार ०४:२७

साउन ४, काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा शुन्य लागत तथा नैतिक भर्ना प्रक्रियामा मात्र कामदार पठाएको भनि साझा सबाल मिडिया तथा वैदेशिक रोजगार एप मार्फत दावी गरेका बिभिन्न ६ म्यानपावर कम्पनि छन् ।


जसमध्ये सबैभन्दा बढी कामदार पठाउनेमा ललितपुर स्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । यो म्यानपावरले गत आर्थिक बर्षको १२ महिनामा ३३७८ जना पुरुष कामदार र २०१ जना महिला कामदार पठाएको हो । यो म्यानपावरले मलेसिया सहित युएई र कतारमा पनि शुन्य लागतमा कामदार लागिरहेको दावी गरेको छ । 

त्यस्तै दोश्रो नम्बरमा सिनामंगल अथित आकर्षण इन्टरनेशनल प्रालिले २७७८ जना पुरुष कामदार र २२८ जना महिला कामदार पठाएको छ । यो म्यानपावर कम्पनीले मलेसियामा मात्र कामदार पठाउदै आएको छ । हाल केहि महिना यता भने मलेसियाले आप्रवासी कामदार लगेका छैन । जसको प्रभाव यो म्यानपावरलाई पनि परेको छ । आकर्षणले हालसालै आफ्नो २० औं बार्षिकोत्सव मनाउने क्रममा प्रेस बिज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ 'कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरु जस्तै भिसा, टिकट, मेडिकल, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने-जाने गाडीभाडा, खान-बस्नको व्यवस्थापन एवम् राहदानी वापतको शुल्क समेत भुक्तानी दिदै आएको अवगत गराउदछौं ।' म्यानपावरले बिज्ञप्तिमा थप उल्लेख गर्दै भनेको छ 'शुन्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारमा जाँदा श्रमिकको घर परिवारमा आर्थिक भार नपर्ने साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको छ ।'  

यता शुन्य लागतकै भर्ना प्रक्रिया अवलम्बन गरेर कामदार पठाउदै आएको दावी गर्ने चप्पल कारखाना स्थित ट्रस्ट नेपाल ओभरसीस प्रालिले गत आर्थिक बर्षमा ११०१ पुरुष र २०० जना महिला कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागत ब हर्ना प्रक्रियामा मात्र कामदार पठाउने काठमाडौँको गैह्रीधारा स्थित वाइड स्पेस इन्टरनेशनल प्रालिले गत आर्थिक बर्षमा १०५१ जना पुरुष कामदार पठाएको छ । यो म्यानपावरले पनि मलेसिया केन्द्रित भएर कामदार पठाएको छ । हाल मलेसिया रोजगार बन्द हुँदा यो म्यानपावर पनि फुर्सदिलो बनेको छ । 

त्यस्तै शुन्य लागतमा मात्र कामदार पठाउनेमा पाँचौं नम्वरमा काठमाडौँको मध्यबानेश्वर स्थित ट्रेन्डवे इन्टरनेशनलले गत आर्थिक बर्षमा ५९० जना पुरुष र १५१ जना महिला कामदार पठाएको छ । 

त्यस्तै लामो समयदेखि शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावर टाईटनिक म्यानपावर सप्लाएर्स प्रालिले भने गत आर्थिक बर्ष २७१ पुरुष र ६ जना महिला कामदार पठाएको छ । यो म्यानपावर काठमाडौँ स्थित बसुन्धरामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण