१५ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन म्यानपावरलाई विभागको चेतावनी

१० श्रावण २०८१, बिहीबार ०९:४१

साउन १०, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर) लाई चेतावनी दिएको छ । म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो ।

त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।

म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ बमोजिम वैदेशिक रोजगारीका लागि विज्ञापनमा उल्लेख गरिए अनुसारको मिति र समयमा अन्तर्वार्ता नगराउने र सार्ने तथा अन्तर्वार्ताको मितिमा आवेदक जाँदा कार्यालय बन्द हुने गरेको गुनासा विभागमा आउने गरेका छन् । त्यस्तो कार्य नगरेर विज्ञापन बमोजिम अन्तर्वार्ता गराउन समेत विभागले सचेत गराएको हो ।

त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ । त्यस्तै विभागबाट अनुगमन गर्दा समेत त्यस प्रकारको अवस्था भेटिएकाले ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम अनिवार्य तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान गरेर मात्र प्रमाणपत्र उपलब्ध गराउन विभागले सचेत गराएको छ । त्यस्तो नगरेको खण्डमा नियमानुसार कारबाही गर्ने चेतावनी विभागले दिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलबाट पनि केही गर्न सक्छौँ भन्ने भरोसा बढेको छ : दीपेन्द्रसिंह ऐरी थाइल्याण्डको होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट कति ? हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध विश्वकै धनीहरुको सूचीको कुन स्थानमा छन् विनोद चौधरी? माधव नेपालसामु वामदेवले राखे यी चार प्रस्ताव विमान दुर्घटनाको जिम्मा लिन रुसलाई अजरबैजानको अनुरोध झापामा दाहालको उद्घोष- गिरीबन्धुमा भएको बदमासी पर्दाफास गरेरै छाड्छु कोरिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने चौधरी पक्राउ सहकारी ठगीको रकम तिर्ने सहमतिपछि भरत जंगम रिहा पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता एमालेबाट निष्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै भीम रावल इथियोपियामा बस नदिमा खस्दा ७१ जनाको मृत्यु तारा जोशीलाई भीम रावलको प्रस्ताव– मिलेर जाउ ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर दीपेन्द्र भीम रावलबारे कर्ण मल्ल: उहाँलाई केपी बाले निकाले, मलाई शेरबहादुर दाइले अष्ट्रेलिया विजयी, भारत विश्व टेस्ट च्याम्पियनसिपबाट लगभग आउट सलमानको सिकन्दरको टिजरले तोड्यो पुष्पा २ को रेकर्ड क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु विमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज- ‘हाम्रो विमानमा चरो अडकिएको छ’