चैत २६, काठमाडौं | हुलाक सेवा विभागले विदेशबाट नेपालीहरुले पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । हुलाक विभागद्वारा शुक्रवार राजधानीमा आयोजित अन्तक्र्रियामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २६, काठमाडौं | हुलाक सेवा विभागले विदेशबाट नेपालीहरुले पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । हुलाक विभागद्वारा शुक्रवार राजधानीमा आयोजित अन्तक्र्रियामा"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेशमा रहेका नेपाली कामदारले पठाएको रकम घर-घरमै पुर्याइने

२६ चैत्र २०७३, शनिबार ०७:३७

चैत २६, काठमाडौं | हुलाक सेवा विभागले विदेशबाट नेपालीहरुले पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ । हुलाक विभागद्वारा शुक्रवार राजधानीमा आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले  विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याउने बताएका हुन् । 

उनका अनुसार हुलाकीमार्फत घरघरमा पैसा पुर्यउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ । आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पुर्याइने छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने महानिर्देशक अधिकारीले बताए । हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ ।

 विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले हुलाक सेवाको पुनःसंरचना गर्दै सबै हुलाक कार्यालयलाई प्रविधियुक्त बनाउने मन्त्रालयको योजना रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ