१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ११ मेनपावर कम्पनी किन थपिए ? कारण यस्तो छ !

३१ चैत्र २०७३, बिहीबार ११:५९

चैत ३१, काठमाडौँ । चालु आव २०७३/७४ को अहिलेसम्ममा एक सय ११ नयाँ मेनपावर कम्पनी दर्ता भएका छन् । 

विसं २०६८ मा तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले अनुगमनका लागि जनशक्तिको अभाव रहेको भन्दै नयाँ मेनपावर कम्पनी दर्तामा रोक लगाएको थियो । तर सर्वोच्च अदालतले रोक फुकुवा गर्न आदेश दिएपछि नयाँ मेनपावर कम्पनी थपिएका हुन् । 

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले सर्वोच्च अदालतले नयाँ मेनपावर दर्ता गर्न आदेश दिएको र आफूहरुले रोक्न खोज्दा सर्र्वोच्चविरुद्ध मानहानिको मुद्दा हालिएको जानकारी दिनुभयो । 

यसअघि नै सात सय ४४ पुराना मेनपावर कम्पनी रहेकामा त्यसमा एक सय ११ थपिएको र अझै केहीले नयाँ दर्ता गराउन वैदेशिक रोजगार विभाग धाइरहेका छन् । नयाँ मेनपावर दर्ता गर्ने र बेच्ने परिपाटीको विकास भइरहेको उहाँको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले नयाँ मेनपावर खोल्न अदालतको दिएको फैसलाको हकमा त्यसलाई कार्यान्वयन गर्न र आदेश मात्रै दिएको हकमा सर्वोचमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउन सरकारलाई निर्देशन दिएको छ । 

वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिँदै हालसम्म भएको उजुरी र कारबाहीको विवरण तीन महिनाभित्र पठाउन निर्देशन दिएको छ । 

समितिको बैठकमा सांसदले धरौटी रकम कम भएकै कारण मेनपावर दर्ता गर्न आउनेको सङ्ख्या बढेको हो । एउटा मेनपावर दर्ताका लागि रु पाँच करोड धरौटी राख्नुपर्ने माग सांसदले गरेका छन् । हाल धरौटी रकम रु ३० लाख मात्रै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण