2026-08-16 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ । 

डिमाण्डको पुर्व स्वीकृति नै नलिई हजार भन्दा बढी नेपाली श्रमिकलाई साउदीमा हजयात्रा अवधिभरीको लागि मात्र लेवर कार्यको लागि खटिने गरि अस्थाई भिषामा पठाउन लागेपछी विभागले छापा मारी अन्तर्वार्ता नै रोकेको हो । विभाग र प्रहरीको टोलीले म्यानपावरको कागजात नियन्त्रणमा लिएको छ । 

भिडियोमा हेर्नुहोस् 

हजार भन्दा बढीलाई तीन महिनासम्मको लागि रोजगारी दिने भन्दै आइतबारदेखिनै अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभाग सहित संचारकर्मीहरुको टोली अन्तर्वार्तास्थल पुगेको थियो तर विभाग टोलीले आवश्यक कागजात माग गर्दा म्यानपावर सञ्चालकले २०१७ को पुरानो फाइल देखाउंदै ढाँटेका थिए । बिभाग टोलीले उक्त कार्य अवैध भएको ठहर गरेको छ । 

घटनाक्रम के हो ?

मिता इन्टर्नेशनल प्रा. लि (५३०/०६१/६२) ले साउदीको लागि साउदी ग्राउण्ड सर्भिसको लागि ५३ जनाको लागि अन्तर्वार्ता लिन विभागबाट स्वीकृति लिएको देखिन्छ तर उसले सो अनुरुप नभई अर्कै कामको लागि अन्तर्वार्ता लिएको कामदारहरुले बताएका छन् । २ महिनाको लागि काम भनेर एजेन्टले मलाई अन्तर्वार्ताको लागि ल्याएको हो, कपिलवस्तुका खेम बहादुर कुँवरले भने ‘४० हजार लागतमा १५ सय बेसिक तलब सहित खाना/बस्न सुविधा हुन्छ भनेको थियो ।’  

फजल इन्टर्नेशनल प्रा. लि (७०९/०६४/६५), अल हायात म्यानेजमेन्ट प्रा. लि (३३६/०५०/६०) र मिता इन्टर्नेशनल तीनै कम्पनि मिलेर एकै ठाउँमा अन्तर्वार्ता गराइरहेका थिए । अन्तर्वार्ता स्थलमा साउदी दूतावासका कर्मचारीसमेतको संलग्नतामा पाइएको छ । विभाग टोलि पुग्दा अन्तर्वार्ता स्थलमा दुतावासका कन्सुलर भएको बताउंदै उनीहरुले पत्रकालाई समेत फोटो खिच्न रोक लगाएका थिए । अन्तर्वातास्थल परिसरमा साउदी दुतावासको गाडी रोकिराखेको थियो । 

विभाग टोलीले थप कागजात सहित विभाग हाजिर हुन संचालकलाई पत्र काटेपछि म्यानपावरले अब यो कामका लागि कामदार लैजाने कार्य नै नहुने बताएको छ । त्यसपछि प्रहरीको सहायतामा सयौंको संख्यामा रहेका कामदारलाई अन्तर्वार्तास्थलबाट हटाइएको थियो । विभाग टोलीले आवश्यक कागजात नियन्त्रणमा लिएर म्यानपावर संचालकलाई २४ घन्टे पुर्जी काटेको छ । 

यसअघि पनि सोहि प्रकृतिमा कामदारलाई २ वर्षको श्रम हुन्छ, भन्दै साउदी लगेर कामदारहरुलाई २ महिनामै नेपाल फर्काइएको पाइएको छ । साउदीको सोहि कम्पनीले यसअघि ३५ देखि ४० दिनको लागि नै कामदार लैजाने गरेको पाइको छ । कामदार उक्त कामको लागि १६ घण्टा काम गरेको ३० हजार तलब पाउने गरेको बताइएको छ । 

एजेन्टबाट नै जम्मा भए ११ सय कामदार 

सरकारले बैदेशिक रोजगारीको लागि एजेन्ट व्यवस्था खारेज गरेको छ तर म्यानपावर सञ्चालकले मेडिकल, बिमा लगायतका कुनै पनि प्रक्रिया बिनै ३ महिनाको लागि कामदार पठाउने भन्दै एजेन्टमार्फत नै कामदार राजधानी बोलाएको देखिएको छ । उनीहरुलाई एजेन्टहरुले आकर्षक तलबको आश्वासन दिएर प्रतिव्यक्ति ६० हजार रुपैयाँसम्म लागत लाग्ने बताएको कामदारहरुले जानकारी दिएका छन् । तर हाल तीन महिनाको श्रम स्वीकृति दिने व्यवस्था बैदेशिक रोजगार बिभागको नीतिमै छैन ।

म्यानपावर कम्पनीलाई आफ्नो पासपोर्ट बुझाएका कामदारलाई नै ढाँटेर साउदी लैजान लागेको थाहा पाएपछि युवाहरु अब के हुन्छ भन्दै अन्योलमा देखिन्थ्ये तर विभाग टोलीले सम्बन्धित म्यानपावर कम्पनी मार्फत आफ्नो पासपोर्ट फिर्ता लिन आग्रह गरेको छ । केहि युवाहरुको अनुसार एजेन्टहरुले ४ दिन अघिदेखिनै अन्तर्वार्तामा बोलाएर दु:ख दिएको, एजेन्टले आफूहरुलाई कामबारे जानकारी नै नदीई साउदी जान भन्दै बोलाएको बताएका छन् । एक युवाले भने ‘हामीलाई साउदी जाने भए आउ भन्दै एजेन्टले बोलाएको हो, जम्मा ४५ दिनको लागि साउदी जाने भन्ने थाहा थिएन । हामी जादैनौं भन्दा पासपोर्ट पनि दिएको छैन ।’ मंगलबार अन्तर्वार्ताको क्रममा बिबाद हुँदा एक युवाको पासपोर्ट समेत च्यातिदिएको एक कामदारले बताएका छन् । ‘पासपोर्ट नै च्यात्ने अधिकार कसले दियो’ ति युवाले आक्रोशित हुँदै भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ