2026-10-18 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न ‘सीटिईभिटी’ कुर्दै बिभाग

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख ८५ हजार ४४५ जना नेपाली बिना सिप बैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । त्यसो त अघिल्लो आर्थी बर्षमा स्थिति यस्तै रहेको थियो । बिना सिप बैदेशिक रोजगारीमा जाँदा धेरै नेपालीले भनेजस्तो काम नपाउने, कम तलबमा काम गर्न बाध्य हुनुपर्ने जस्ता समस्या छन्  । 

पछिल्लो आर्थिक बर्ष बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका नेपाली कामदारहरुको सिप अनुसारको तथ्यांक हेर्नुहोस्

सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने पछिल्लो नीति लिएको छ । जसलाई गत असार १५ गतेदेखिनै कार्यान्वयन गर्ने तयारी भएपनि बिबिध कारण रोकेर भदौदेखि उक्त काम सुरु गर्न सक्ने बुझिएको छ । उक्त व्यवस्था पछी सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती पाइनेछैन । गएको असार १५ बाट हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सीप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने भनिए पनि तयारी नपुगेको तथा म्यानपावरको धरौटी वृद्धि भएपछि यो काम सुरु हुने अधिकारीहरुले बताएका छन् । म्यानपावरको धरौटी आगामी भदौ १९ गतेदेखि बढ्दैछ । 

सिप सिकाएर विदेश पठाउने व्यवस्था ऐनमा नै भएकाले सकेसम्म छिटो यो व्यवस्था कार्यान्वयनमा जाने श्रम मन्त्रालयको दावी छ । सरकारले निर्माणसँग जोडिएका र जोखिमयुक्त मानिने कामका लागि पहिलो चरणमा सीप अनिवार्य गरेको छ । सीप सिकेर मात्रै विदेश जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्यस्थलमा सुरक्षा पनि प्रत्याभूत हुने अधिकारीहरुको भनाइ छ ।

हाल सीप नसिकी विदेश जानाले धेरै कामदार विदेशमा पीडित बनेका छन् । लाखौं खर्च गरेर गएपछि तुरुन्तै फर्किनुपर्ने बाध्यता छ । विभागले सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत समेत गरिसकेको छ । बैदेशिक रोजगार बिभागका अनुसार थप संस्थाहरु सूचीकरणको लागि आउने क्रम जारी छ । 

सरकारले लिएको नीति अनुसार सिप अनिवार्य भएमा बैदेशिक रोजगारीमा जाने कामदारहरुले १ महिनासम्म (१ सय ६० कार्यघण्टा) सीपमूलक तालिम लिएर मात्र बैदेशिक रोजगारीको अन्तिम श्रम स्वीकृति लिन पाउनेछन् । बैदेशिक रोजगार बिभागका निर्देशक डा. भिष्म कुमार ज्ञावालीका अनुसार बैदेशिक रोजगार बिभागबाट बिभिन्न १२ विधामा सिप मुलक तालिमको लागि सम्पूर्ण तयारी पुरा भएको छ ।  डा. ज्ञावालीका अनुसार १ महिने सिप सिकेपछि सिपमूलक तालिमको परिक्षा लिने निकाय सीटिईभीटिको केहि तयारी नपुगेको कारण हाललाई अनिवार्यता रोकिएको छ । ‘सीटिईभिटीको तयारी पुरा भएलगत्तै बैदेशिक रोजगारीमा जानेहरुको सिप प्रमाणपत्रको अनिवार्यता हुन्छ’ डा. ज्ञावालीले साझा सबाल मिडियालाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु