2026-07-25 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

मनोज पराजुली। मङ्सिर २२, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौं  सिनामङ्गलस्थित रसुवा ओभरसिजमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा रङ्गेहात फेलापारी नगद रकम वरामद गरिएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए ।

 वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार सो म्यानपावरमा छापा मारेको भुसालले बताए । दुवईको टमाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजार माग गरिरहेको भनी सुरेन्द राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । सोहि उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको भुसालले बताए ।

विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट रु ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको हो । अन्य तीन जनासँग यस भन्दा अघि नै जितवहादुर वमजनले नगदै रु पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।

पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराईएको छ, महानिर्देशक भुसालले भने ‘पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ, थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको छ।’ युएईका लागि टिकट र  भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ तर अझैपनि युवाहरुले लाखौँ रकम तिर्नुपर्ने अवस्था कायमै छ भने विभागले भने उजुरी दिएमा कसुर गर्नेलाई कारवाही गरि पीडितलाई न्याय दिंदै आएको छ । 

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक