२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार, ‘कोरोना माहामारीले विदेशमा रहेका श्रमिकले रोजगारी गुमाउंदै छन् तत्काल सुझाव ग्रहण गर’

२०७६, २४ चैत्र सोमबार १६:२०

चैत २४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली श्रमिकले रोजगारी गुमाउने अवस्था आउने भन्दै तत्काल कदम चाल्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले सरकारलाई सुझाव दिएका छन् । हाल विभिन्न देशमा गरिएको लकडाउन खुलेपश्च्यात  खाडि मुलुक र मलेसियाबाट धेरै नेपाली कामदार रोजगारी गुमाएर नेपाल फर्कने चिन्ता रहेको भन्दै गुरुङले श्रमिकको पक्षमा काम गर्न सरकारलाई सुझाएका हुन्  । 

सन् २०२० मा नयाँ प्रोजेक्ट सुचारु हुने सम्भावना नरहेको हुँदा वैदेशिक रोजगारीको अबसर न्युन रहेको गुरुङले बताए । रेमिट्यान्स हिरोहरु समस्यामा नपरुन, साथै बिदेशमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकहरुको सु-स्वास्थको कामाना गर्दछु, गुरुङले भने 'यस जटिल परिस्थितिको सामाना गर्न सबैलाई शक्ति प्राप्त होस ।'

विदेशमा रोजगारी गुमाएर आउन सक्ने नेपाली श्रमिकको विभिन्न विषयमा सहयोग गर्न नेपाल सरकारले तत्काल गर्नुपर्ने ९ बुंदे कार्य तयार गर्दै उनले नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको तत्काल ध्यान जानुपर्ने बताए ।

सरकारलाई ९ बुंदे सुझाव 

१) बढी नेपाली श्रमिक रहेको खाडि मुलुकहरु (कतार, बहराइन, यु.ए.इ साउदी अरब, कुबेत, ओमन) मलेसिया र अन्य मुलुकस्थित नेपाली दूतावासमा केही समयको लागि जनशक्ती,स्रोत र साधन थप्ने ।

२) कुन कुन कम्पनीमा कति नेपाली कामदार माग भएको थियो । (सबै रेकर्ड मागपत्र प्रमाणीकरण गर्दा दूतावाससंग रहेको छ)

क) दूतावासले रेकर्ड हेरि कुन कुन रोजगारदाता कम्पनीमा के कति जना नेपाली श्रमिक सस्थागत (म्यानपावार मार्फत) श्रम स्वीकृति लिएर रोजगारीमा गएको छ ? वैदेशिक  रोजगार विभाग काठमाडौं बाट दूतावासले संख्या/ विवरण लिने ।

ख) व्यक्तिगत र पुनः स्वीकृतिका (बिदामा आइ फेरि गएका) श्रमिकहरुको विवरण समेत विभागबाट दूतावासले लिने ।

३) विभागबाट दूतावासलाइ प्राप्त संख्या/ विवरण अनुसार दूतावासका कर्मचारी रोजगारदाता कम्पनीमा पुग्ने । सम्भव नभएका कम्पनीमा टेलीफोन मार्फत सम्पर्क गरि नेपाली श्रमिकको अवस्था जानकारि लिइ आबस्यक  सहयोग गर्ने । आबस्यक्ता परेमा  वैदेशिक रोजगार व्यावसायि/ संघ प्रतीनिधि समेत सहभागी गर्ने । 

५) तत्काल उद्धार गर्नुपर्ने नेपाली श्रमिकको लागि वैदेशिक रोजगार वोर्डमा रहेको करिब ६ अर्ब रकम नियम अनुसार प्रयोग गर्ने ।

६) कामदार पठाएका वैदेशिक रोजगार व्यावसायीले पनि रोजगारदाता कम्पनीसंग समन्वय गरि सहयोग गर्नु पर्ने श्रमिकको डिटेल वैदेशिक रोजगार वोर्ड र विभागलाई उपलब्ध गर्ने । यदि खान, बस्न समस्या भएमा सम्बन्धित मुलुकमा रहेको दूतावाससग समन्वय गरि तत्काल सहयोग गर्ने । 

७) नेपाल आईपुगेका सीप युक्त,दक्ष, उच्च दक्ष श्रमिकलाई सीप र दक्षता अनुसार उधोग खोल्न प्रोत्साहित गर्ने । साथै  प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश हुन चाहेमा प्राथमिकता दिने । 

 ८) सस्थागत मार्फत रोजगारीमा पुगेको ६ महिना अगावै नेपाल फिर्ता हुनु परेका नेपाली  श्रमिकले नेपाल  फिर्ता आएको निस्चित समय (..) भित्र वैदेशिक  रोजगारीमा जान चाहेमा सीप तथा दक्षता अनुसार प्राथमिकतामा राखी सम्बन्धित संस्था अथवा संघको सहयोगमा अन्य सस्था मार्फत नि:शुल्क वैदेशिक रोजगारमा जान मिल्ने व्यवस्था गर्ने 

९) यस विषम परिस्थितिमा यदि कुनै श्रमिकले पुरा पारिश्रमिक लिन बाँकी हुँदा हुँदै  नेपाल फर्कन परेमा निजको बाकि पाउनु पर्ने तलब सम्बन्धीत रोजगारदाता मुलुकमा रहेको नेपाली दूतावासलाई संकलन/ ताकेता गर्न अख्तियारी दिने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध