2026-09-28 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली

2026-09-04

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढी पछिको उद्धारमा देखिएको ग्रीन आर्मी रहस्यपूर्ण भएको बताएका छन् । उनले त्यो आर्मीको दर्तामा आफ्नो नाम लिइएकोमा समेत आपत्ति जनाए । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले त्यो ग्रीन आर्मीलाई सेनाले समेत तालिम दिएको दाबीबारे गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।

‘रहस्यपूर्ण र गम्भीरताका साथ लिनुपर्ने क्रियाकलाप भएको छ ग्रीन आर्मी भन्ने । के हो यो ग्रीन आर्मी भन्ने, उहाँहरूको भनाइअनुसार आर्मीले तालिम दिएको भन्ने छ,’ ओलीले भने । ग्रीन आर्मीका कतिपयले दर्ज्यानी चिन्ह लगाएकोमा समेत ओलीले शंका व्यक्त गरे । ‘चुस्ता लगाएर एकप्रकारको आर्मी युनिफर्ममा, कतिपयका दर्ज्यानी चिन्ह समेत देखिएर, के हो दर्ज्यानी चिन्ह भनेको ? यो हे हो ?’ ओलीले भने, ‘तालिम दिइएको कुरा आएको छ, यसको खर्च कसले व्यहोर्ने गर्छ ? संख्या ७० हजार भएको दाबी गरिएको छ । ७० हजार बुट जुत्ता कसले ब्यहोरेको छ ? यसको स्रोत के हो ?’

ओलीले सो आर्मीको दर्तामा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए । ‘म प्रधानमन्त्री भएको बेला कतिले करप्सन गरेका होलान्, केपी ओली भएको बेला गरेको थिए भन्न पाउँछन् ? संस्था दर्ता गर्ने काम प्रमको हुन्छ ?’ ओलीले भने, ‘मेरो नाम किन लिएको ? संघ संस्था दर्ता सेनाले गर्छ ? दालमा कालो छ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?