2026-10-19 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली

2026-09-04

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढी पछिको उद्धारमा देखिएको ग्रीन आर्मी रहस्यपूर्ण भएको बताएका छन् । उनले त्यो आर्मीको दर्तामा आफ्नो नाम लिइएकोमा समेत आपत्ति जनाए । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले त्यो ग्रीन आर्मीलाई सेनाले समेत तालिम दिएको दाबीबारे गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।

‘रहस्यपूर्ण र गम्भीरताका साथ लिनुपर्ने क्रियाकलाप भएको छ ग्रीन आर्मी भन्ने । के हो यो ग्रीन आर्मी भन्ने, उहाँहरूको भनाइअनुसार आर्मीले तालिम दिएको भन्ने छ,’ ओलीले भने । ग्रीन आर्मीका कतिपयले दर्ज्यानी चिन्ह लगाएकोमा समेत ओलीले शंका व्यक्त गरे । ‘चुस्ता लगाएर एकप्रकारको आर्मी युनिफर्ममा, कतिपयका दर्ज्यानी चिन्ह समेत देखिएर, के हो दर्ज्यानी चिन्ह भनेको ? यो हे हो ?’ ओलीले भने, ‘तालिम दिइएको कुरा आएको छ, यसको खर्च कसले व्यहोर्ने गर्छ ? संख्या ७० हजार भएको दाबी गरिएको छ । ७० हजार बुट जुत्ता कसले ब्यहोरेको छ ? यसको स्रोत के हो ?’

ओलीले सो आर्मीको दर्तामा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए । ‘म प्रधानमन्त्री भएको बेला कतिले करप्सन गरेका होलान्, केपी ओली भएको बेला गरेको थिए भन्न पाउँछन् ? संस्था दर्ता गर्ने काम प्रमको हुन्छ ?’ ओलीले भने, ‘मेरो नाम किन लिएको ? संघ संस्था दर्ता सेनाले गर्छ ? दालमा कालो छ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ