2026-10-19 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार

2026-09-04

काठमाडौँ | भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ । सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन् । साइटमै रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ ‘ए’ बाट सञ्जय साह र कबिर महर्जनको उद्धार भएको जानकारी दिएका छन् ।

काठमाडौँका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट गएका थिए । सप्तरीका सञ्जय शाह त्रिशूली ३ ‘ए’ को अपरेसनमा सिफ्ट ड्युटीमा थिए । उनीहरूलाई पहुँच सुरुङको आधाआधीमा भेटिएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । बाहिर निस्कने क्रममा उनीहरु बीचमै अड्किएका थिए । सञ्जय मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने कबिर मेकानिकल सुभरभाइजर थिए ।

यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए । यसअघि न्यौपानेले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आवाज आएको बताएका थिए । सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ