2026-09-28 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

2026-09-04

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । उहाँले कृष्ण मन्दिरमा पूजा तथा आराधना गरी देशमा सुख, शान्ति, तथा समृद्धिको कामना गर्नुभएको छ ।

कृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न विभिन्न स्थानबाट भक्तजन पाटन पुगेका छन् । भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्म भएको दिनको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन कृष्ण जन्माष्टमी पर्व मनाउने गर्छन् । यस दिन भगवान् श्रीकृष्णलाई भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता तथा धर्म र सत्यका मार्गदर्शकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?