२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

२३ जेष्ठ २०७७, शुक्रबार ०३:२५

योगेन्द्र योगी | जेठ २३, दोहा | कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ । 

दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र गर्भवती महिला तथा आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने, भिजिट वा बिजनेश भिसामा भएकाहरुले नेपाल फर्किन फर्ने भए फाराम नभरी दूताबासले तोकेको सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च आफै व्यहोनु पार्ने छ भने नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्नुपर्ने दूताबासले जनाएको छ ।  

नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवासुविधा लिईसकेको हुनु पार्ने छ साथै  कतारमा कुनै मुद्दा मामिला नभएको हुनुपर्ने दूताबासले जनाएको छ ।

दूताबासले यस अघि समस्यामा परेर नेपाल फर्किन चाहानेहरुका लागि जारी गरेको फाराम मार्फत बिहिबारसम्म ८ हजार ३ सय  ५० जनाले फाराम भरिसकेको सचिव भट्टराईले बताए । 

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले ब्यापक गुनासो गरेसंगै  नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको र पछि जानकारी गराइने दूताबासले जनाएको छ ।

नेपाल जान चाहनेहरुले तलको लिंकमा क्लिक गरी अनलाईन फारम भर्नुहोला ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdF2JmUKHWtfXonxbamrvbB7eAMb7vNodIgS5SWpkYcBe5Wkg/viewform


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य