२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

२०७७, २३ जेष्ठ शुक्रबार ०३:२५

योगेन्द्र योगी | जेठ २३, दोहा | कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ । 

दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र गर्भवती महिला तथा आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने, भिजिट वा बिजनेश भिसामा भएकाहरुले नेपाल फर्किन फर्ने भए फाराम नभरी दूताबासले तोकेको सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च आफै व्यहोनु पार्ने छ भने नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्नुपर्ने दूताबासले जनाएको छ ।  

नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवासुविधा लिईसकेको हुनु पार्ने छ साथै  कतारमा कुनै मुद्दा मामिला नभएको हुनुपर्ने दूताबासले जनाएको छ ।

दूताबासले यस अघि समस्यामा परेर नेपाल फर्किन चाहानेहरुका लागि जारी गरेको फाराम मार्फत बिहिबारसम्म ८ हजार ३ सय  ५० जनाले फाराम भरिसकेको सचिव भट्टराईले बताए । 

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले ब्यापक गुनासो गरेसंगै  नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको र पछि जानकारी गराइने दूताबासले जनाएको छ ।

नेपाल जान चाहनेहरुले तलको लिंकमा क्लिक गरी अनलाईन फारम भर्नुहोला ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdF2JmUKHWtfXonxbamrvbB7eAMb7vNodIgS5SWpkYcBe5Wkg/viewform


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने