२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट उद्धार गरिएका श्रमिकसँग श्रममन्त्रीको श्रमिकले भोगेका समस्याको कारण र समाधानबारे छलफल

२०७९, ११ बैशाख आईतवार ११:२०

वैशाख ११, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग आवासगृहमा पुगेर उनीहरुले भोगेका समस्याहरुबारे जानकारी लिएका छन्। आइतवार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवासगृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरुसँग विदेशी भूमिमा नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने बिषयलाई आफुले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

मलेसियामा लामो समय गैरकानुनी हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी १० जना श्रमिकलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए। मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रकृया बुझेर जान आग्रह गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै