सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो।

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो।

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका ल"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै कन्सल्टेन्सीहरू!

२६ मंसिर २०७९, सोमबार ०७:०१

मङ्सिर २६, काठमाडौँ | गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो

उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका लगायत आकर्षक कमाइ हुने मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए।

इजाजत नलिई सञ्चालन भएका कन्सल्टेसीहरूले वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न समयमा यस्ता उजुरी विभागमा परिरहने महानिर्देशक आचार्य बताउँछन्। वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले खुलेका यस्ता संस्थाको ठगी व्यापक हुँदै गएको पाइएको हो।

‘कन्सल्टेन्सीहरू शिक्षा मन्त्रालयसँग अनुमति लिएर खुल्छन्। यी हाम्रो क्षेत्रभित्र पर्दैनन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरिएको उजुरीका आधारमा मात्रै हामीले हेरेका हौं,’ महानिर्देशक आचार्यले भने, ‘यस्ता संस्थाको नियमन त शिक्षा मन्त्रालयले गर्नुपर्ने हो।’

कन्सल्टेन्सीबाट युवाहरू ठगिएका घटना दिनहुँ बढिरहेका छन्। कन्सल्टेन्सीले मोटो रकम असुलेर फरार हुने घटना पनि बढेकै छन्। तर शैक्षिक परामर्श संस्था वा ट्राभल एजेन्सीबाट ठगिएका कतिपय पीडितसँग ठगी पुष्टि हुने पर्याप्त प्रमाण नहुने समस्या छ। त्यस्तै कतिपय शैक्षिक परामर्श संस्थाका सञ्चालक ठगी गरेर फरार हुने भएकाले न्यायमा समस्या भइरहेको विभागको भनाइ छ।

कन्सल्टेन्सीको ठगी विरूद्धको उजुरी कहाँ गर्ने भन्ने विषयमा पनि निकै अन्यौलता देखिएको छ। सरकारी निकायहरूबीच समन्वय हुन सकेको छैन। समयसमयमा कन्सल्टेन्सीमाथि नियमन नहुँदा यस्तो ठगी अझ भयानक बन्दै गइरहेको छ। युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा, माल्टा, क्रोएसिया, रोमानियाजस्ता मुलुक पठाइदिने भन्दै प्रतिव्यक्ति पाँच लाखदेखि २० लाख रूपैयाँसम्म ठगी भइरहेको विभागले बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह