हेटौडाका सन्दिप श्रेष्ठ: युएई बसेर नेपाली ठग्ने धन्दामा, यसरी हुन्छ ठगि

Posted on: 07 Feb, 2023

माघ २४, काठमाडौँ । हेटौडा २ संगमचोक घर भएका सन्दिप श्रेष्ठले युएईमा बसेर नेपाली युवाहरुलाई वैदेशिक रोजगारको प्रलोभन देखाई ठगि गर्दै आएको पाइएको छ । श्रेष्ठले सामाजिक संजालमा बिभीन्न देशको बिज्ञापन गर्दै युवाहरुसंग सम्पर्क गर्ने र डिलिट गर्दै गर्ने गरेको समेत भेटिएको छ । 


श्रेष्ठले युएईमै पनि एक पीडब्लुजी भन्ने कम्पनीमा जोडिएर नेपालीहरुलाई प्रलोभनमा पारी ठगि क्रियाकलाप गर्ने गरेको पाइएको छ । उनको माध्यमबाट नौ महिना अघि माल्टा जानको लागि प्रलोभनमा पर्दा आफू ठगीमा परेको एक नेपाली युवाले बताएका छन् । श्रेष्ठले आफ्नै फेसबुकमा बिज्ञापन राखेर पीडब्लुजी कम्पनीसम्म जोडेर माल्टा पठाउने नाममा ठगि गरेको र अहिले काम नभएको कारण पैसा फिर्ता माग्दा कम्पनीसँग माग्नु भनि बहाना बनाउने गरेको ति पीडित युवाको गुनाशो छ । ती पिडितका अनुसार श्रेष्ठको चंगुलमा परेर अरु धेरै नेपालीहरु समेत ठगिएका छन् । 

पीडितले सुरुवातमा माल्टा जाने अफरबारे फेसबुक चलाउँदै गर्दा सन्दिप श्रेष्ठसंग जोडिएको बताएका छन् । सन्दिप श्रेष्ठले पोष्ट गरेको उक्त बिज्ञापनमा माल्टा र पोल्याण्ड ३ देखि ४ महिनामा पठाइदिने भनि उल्लेख थियो । त्यसकै आधारमा पीडितले श्रेष्ठको म्यासेन्जरमा जोडिएर थप जानकारी लिएका थिए । त्यस क्रममा सन्दिपले आफू युएई स्थित पीडब्लुजीमा आवद्ध रहेको र आफू आवद्ध संस्थाले यो काम गर्ने भनि पीडितलाई आफ्नो विश्वासमा पारेका थिए । नेपाली भएकै कारणले आफूले श्रेष्ठले भने अनुसार पैसा हालिदिएको पीडितको गुनाशो छ । तर लामो समय बित्दा पनि श्रेष्ठले भने अनुसार पैसा बुझाएका युवा माल्टा जान सकेनन् । अहिले यस सम्बन्धमा श्रेष्ठसँग पिडीतले कुरा गर्दा बहानाबाजी गर्ने र सम्पर्क रहन नचाहने अवस्था छ । पैसा र समय दुवै खेर गएपछि पीडितले आफू ठगिएको बताएका छन् । ठगि कार्यमा संलग्न श्रेष्ठ आफ्नो सम्पर्कमा आउन नचाहेपछि पीडत श्रेष्ठको हेटौडा स्थित घरसम्म पुगेका थिए । तर समस्याको समाधान भएन । 

माथिको तश्वीरमा: बायाँबाट क्रमश- सन्दिपको हेटौडा स्थित घर । केहिदिन अघिसम्म श्रेष्ठले आफ्नो फेसबुकमा राखेर गरेको बिज्ञापनहरु (हाल डिलेट गरिएको छ) ।

पीडितको गुनाशो पछि साझा सबाल मिडियाले श्रेष्ठको फेसबुकमा हेर्दा उनले सामाजिक संजालमा पोर्चुगल, बेल्जियम, स्लोभाकिया, लातभिया, हंगेरी, क्रोएसिया लागत देशमा वर्क परमिट रहेको भन्दै प्रचार गरेका थिए । तर अहिले ति सबै पोष्ट हटाइसकेका छन् । पीडितका अनुसार पनि उनले पटक-पटक फेसबुकमा बिभिन्न बिज्ञापन दिएर आफ्नो व्हाट्सएप नम्बर पोष्ट गर्ने गर्दै आएका छन् । तर पोष्ट गरेको केहि दिन पछि आफूले हालेको पोष्ट हटाउने गर्दै आएका छन् । श्रेष्ठले नेपाली युवाहरुलाई आफ्नो प्रलोभनमा पारेर पैसाको कारोबार आफ्नी बहिना दीपा श्रेष्ठ मार्फत लिने गरेको खुलेको छ । उनले हेटौडामा रहेकी उनकै बहिनी दिपा श्रेष्ठको नविल बैंकको हेटौडा स्थिति खाता नम्वर २३१००१७५०५७९९ मार्फत अवैधानिक कारोबार गराएर वैदेशिक रोजगारको प्रलोभनमा धेरै कारोबार गर्ने गरेका छन् । 

यस सम्बन्धमा साझा सबाल मिडियाको सम्पर्कमा समेत आएका श्रेष्ठले सुरुवातमा आफूले कसैलाई नठगेको दावी गरे । तर उनको गतिबिधिबारे प्रमाण सहित प्रश्न गरेपछि श्रेष्ठ अहिले मिडियाको सम्पर्कमा समेत आउन चाहदैनन् । त्यस्तै हेटौडा स्थित उनकी बहिनि दिपा श्रेष्ठलाई समेत सम्पर्क गर्दा उनले पछि फोन गर्ने बताएकि थिइन् तर उनले यस सम्बन्धमा स्पष्टिकरण दिन आँट समेत गरिनन् । 

माथिको तश्वीरमा: पिडीतसँग श्रेष्ठले घुमाउरो बाटोबाट बाटबाट यसरी पैसा लिन्थे ।

सन्दिप मार्फत ठगिमा पर्ने युवाहरुले सन्दिपकै विश्वासमा परेर उनले भनेको कम्पनीलाई पैसा हालेको तर अहिले उनि मार्फत जोडिएको कम्पनि सम्पर्कबिहिन बनेको पीडितको गुनाशो छ । कम्पनी सम्पर्क बिहिन बनेपछि सन्दिपले म त्यो कम्पनीको कामदार मात्र हुँ भन्दै पन्छिने नाटक गरेको पाइएको छ । पीडितले सन्दिपकै माध्यमबाट उक्त कम्पनी चिनेको कारण आफूलाई सन्दिपले नै ठगि धन्दाको जालोमा फसाएको पीडितको दावी छ । 

पीडितले आफू ठगिएको व्यक्तिले अहिलेसम्म पनि पटक-पटक वैदेशिक रोजगारमा पठाइदिने भन्दै बिभिन्न प्रलोभनका बिज्ञापनहरु पोष्ट गर्दै आएकोले कयौं युवा उनको सिकारमा परेको हुनसक्ने बताए । 

सामाजिक संजाल प्रयोग गरेर वैदेशिक रोजगार अन्तरगत ठगि क्रियाकलाप बढेको सम्बन्धमा धेरै गुनाशोहरु पछिल्लो समय आईरहेको छ । त्यसो त नेपाल प्रहरी तथा वैदेशिक रोजगार बिभागमा समेत आफू सामाजिक संजाल मार्फत ठगिएको भन्दै कयौं उजूरीहरु पर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!