२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

पोल्याण्ड र पोर्चुगलको सपना देखाएर एजेन्ट सुनिल भण्डारीले झुलाए…

२०७९, १७ फाल्गुन बुधबार १२:३४

शान्ति श्रेष्ठ । फागुन १७, काठमाडौँ । खोटाङका अमृत खड्काको वैदेशिक रोजगारमा जाने चाहना अझै पुरा भएको छैन । वैदेशिक रोजगारमा पठाउन सक्रिय टोखा घर बताउने एजेन्ट सुनिल भण्डारीसँग गत बर्ष पुस महिनामा पीडित खड्काको भेट भएपछि आफ्नो दिन बिग्रिएको खड्का बताउँछन् । यस्तो समस्या भोग्ने पीडित अमृत खड्का एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै प्रकृतिको घटना पछिल्लो समय बढ्दै गएको छ । 

सुरुवातमा एजेन्ट भण्डारीले वैदेशिक रोजगारको क्रममा ८ लाख लाग्छ दुई महिनामै भिसा आउँछ भन्दै पीडित खड्का र उनका अर्का एक साथीबाट दुई लाख ७५ हजार रकम अशुलेका थिए । तीन महिना भित्र पोल्याण्ड पठाइदिने प्रलोभनको कारण बैंकिङ मार्फत एजेन्ट भण्डारीको खातामा पैसा हालेको पीडितको भनाई छ । तीन महिना बित्यो तर कुनै खबर आएन । पैसा अशुली गरेर पटक-पटक सम्पर्कमा रहँदा अवैध अशुलीमा संलग्न भण्डारी पटक-पटक समय थप्दै झुलाए । 

पहिलो पटक रकम अशुली गरेर झुलाएका भण्डारीसँग पीडितको ८ महिनापछि भेट भयो । भेटपछि एजेन्ट सुनिल भण्डारीले आफूले पहिले भनेको ठाउँमा काम नहुने भन्दै पोर्चुगल पठाइदिने बहाना बनाए । एजेन्ट भण्डारीले दुई महिना भित्र १७ लाखमा पोर्चुगल पठाउने भन्दै पीडित खड्कालाई विश्वास दिलाए । त्यसपछि वर्क परमिट आएको भन्दै पुन: डेढ लाख असुली गरे । अशुलीको क्रममा एजेन्ट भण्डारीले गौरी कार्कीको 1302022475552401 नम्बरको खाता नम्बर दिएको पाइएको छ । खड्काका अनुसार आफ्नो दुतावास सेटिङ रहेको भन्दै एजेन्ट भण्डारीले विश्वास दिलाएका थिए । 

तश्वीरमा: भण्डारीले म्यानपावरको अनुमतिबिना अवैध प्रयोग गरेको भिजिटिङ कार्ड र पीडितलाई दिएको बाउन्स चेक ।  

सुरुमा नासा ह्युमन रिसोर्स भन्ने म्यानपावरमा आफू आवद्ध रहेको बताउने एजेन्ट भण्डारी पछि मन्सुर म्यानपावरमा भेटिएको पीडितको भनाई छ । ठगिएपछि भने म्यानपावरले आफूलाई म्यानपावर भित्र समेत पस्न नदिएको पीडितको भनाई छ । पोल्याण्ड र पोर्चुगल पठाउने भन्दै अग्रिम अशुली गरेका एजेन्ट भण्डारीले पीडितलाई बाउन्स चेक समेत दिएर हाल पीडितसँग बिभिन्न बहानाबाजी गर्दै झुलाईरहेका छन् । 

पटक-पटक पैसा दिने भन्दै झुलाउने गरेका भण्डारीले नासा ह्युमन रिसोर्स प्रा लिको भिजिटिङ कार्डको समेत दुरुपयोग गरेको पाइएको छ । नासाका संचालक यूवराज गुरुङले यस सम्बन्धमा पत्रिकामा समेत भण्डारीसँग कोहि कसैले कारोबार गरेको भए आफ्नो म्यानपावर जवाफदेही नहुने भन्दै छापेको बताए । 

वैदेशिक रोजगार क्षेत्रका धेरै पक्ष चाहेर पनि सुधार गर्न नसकिने अवस्थामा रहेको गुरुङको भनाई छ । म्यानपावर क्षेत्र अनाधिकृत एजेन्टहरुको कारण बदनाम हुँदै गएको उनले बताए । 

पछिल्लो समय व्यक्तिगत रुपमा बिभिन्न देशमा रोजगारमा पठाईदिने बहाना बनाई अनाधिकृत अशुलीको घटना बढ्दै गएको छ । व्यक्तिगत रुपमा व्यवहार चलाउनको लागि पैसा आवश्यक पर्दा समेत ठगि नियत भएकाहरुले बिभिन्न देशमा पठाइदिने प्रलोभन देखाई अशुली गर्ने र लामो समय झुलाउने गरेका घटना बढ्दै गएका छन् । विशेष गरि युरोपको सपना देख्नेहरु यस किसिमको ठगिको सिकारमा पर्ने गरेको पाइएको छ । यस किसिमको व्यवहार नियन्त्रणमा सम्बन्धित निकायले अनदेखा गर्दा युवाहरुको समय र पैसा दुवै डुब्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण