साउन २७, काठमाडौँ | हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ मा पुलिस बनेर अभिनय गर्ने कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई प्रहरीले गरेका छन् |
टेलिश्रृंखलामा बदमासी गर्नेलाई ठिक ठाउँमा ल्याउने कलाकार आचार्य आफै पुलिसकोमा पुगेका हुन् । शनिबार साँझ काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट कलाकार आचार्यसहित ११ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । ‘सक्किगोनि’ मा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् ।
प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।