१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बोर्ड अध्यक्षमा दिनेश डिसी, करिश्मा मानन्धर र राजेश थापाको आवेदन

२९ श्रावण २०८१, मंगलवार ०७:०८

साउन २९, काठमाडौं | चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाले आवेदन दिएका छन् । फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापाले आवेदन दिएका हुन् । अहिलेसम्म आवेदन दिएका यी तीनैजना सत्तारुढ एमाले निकट भातृ संगठनमा आबद्ध छन् ।

डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।


राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन् । अभिनेत्री करिश्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृतिक विभागमा सदस्य तथा फिल्म अभिनेत्री हुन् ।

यी तीनजना आकांक्षीको नाम अहिले चर्चामा छ । अध्यक्ष पदका लागि आवेदन दिने मिति बुधबार सकिंदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो ।

चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापाले विगतमा अन्तिम दिनमा पनि आवेदन आएको इतिहास भएकाले बुधबार पनि आवेदन आउने सम्भावना रहेको बताए ।

उनका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्छ । त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले तीनमध्ये कुनै एक जनालाई अध्यक्षमा नियुक्त गर्छ । अहिलेको चलचित्र ऐनअनुसार बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । आवेदनको सूचनामा पनि दुई वर्षकै कार्यकाल भनेर उल्लेख थियो ।

प्रस्तावित चलचित्र ऐनमा भने अध्यक्षको कार्यकाल चार वर्ष प्रस्ताव गरिएको छ । ऐन संशोधन नहुँदासम्म कार्यकाल दुई वर्षकै हुने सदस्य सचिव थापाले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार