२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रावायण’को शीर्ष गीत सार्वजनिक, ‘पुष्पा २’का गायकको स्वर

२०८१, २९ श्रावण मंगलवार १२:४४

साउन २९, काठमाडौं | आगामी भदौ २१ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रावायणको शीर्ष गीत सार्वजनिक भएको छ। 

मंगलबार सार्वजनिक भएको गीतमा भारतीय फिल्म ‘पुष्पा २’को शीर्ष गीत गाएर चर्चामा छाएका गायक नकाश अजिजले स्वर दिएका छन्। नेपाली फिल्मको गीतमा पनि स्वर दिएका छन्।

यो गीत निर्माण युनिटले सार्वजनिक गरेको छ। कृष्णहरि बरालको शब्द रहेको गीतको संगीत रेवान आरती सिंहले गरेका हुन्।


गीतमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचर्ड छन्। साउथ फिल्मको शैलीको नृत्य राखिएको गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। गीतमा संस्कृति र नेपाली भाषा मिश्रण छ। फास्ट–ट्रयाकको गीतमा पल शाहको गेटअपले रावणको झल्को दिन्छ। 

सुदर्शन थापा निर्देशित एक्सन प्रधान फिल्म ‘रावायण’लाई पूजा शर्माले निर्माण गरेकी हुन्। आगामी भदौ २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा पल र पूजाको अलवा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय देख्न सकिन्छ। 

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत छ।

विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको फिल्म वितरण आरआर फिल्मसले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला