१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रावायण’को शीर्ष गीत सार्वजनिक, ‘पुष्पा २’का गायकको स्वर

२९ श्रावण २०८१, मंगलवार १२:४४

साउन २९, काठमाडौं | आगामी भदौ २१ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रावायणको शीर्ष गीत सार्वजनिक भएको छ। 

मंगलबार सार्वजनिक भएको गीतमा भारतीय फिल्म ‘पुष्पा २’को शीर्ष गीत गाएर चर्चामा छाएका गायक नकाश अजिजले स्वर दिएका छन्। नेपाली फिल्मको गीतमा पनि स्वर दिएका छन्।

यो गीत निर्माण युनिटले सार्वजनिक गरेको छ। कृष्णहरि बरालको शब्द रहेको गीतको संगीत रेवान आरती सिंहले गरेका हुन्।


गीतमा फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचर्ड छन्। साउथ फिल्मको शैलीको नृत्य राखिएको गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। गीतमा संस्कृति र नेपाली भाषा मिश्रण छ। फास्ट–ट्रयाकको गीतमा पल शाहको गेटअपले रावणको झल्को दिन्छ। 

सुदर्शन थापा निर्देशित एक्सन प्रधान फिल्म ‘रावायण’लाई पूजा शर्माले निर्माण गरेकी हुन्। आगामी भदौ २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा पल र पूजाको अलवा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय देख्न सकिन्छ। 

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत छ।

विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको फिल्म वितरण आरआर फिल्मसले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार