साउन ३२, काठमाडौँ । गायिका ज्योति मगरले फिल्म ‘छक्का पन्जा ५’को केही दिन अगाडि सार्वजनिक गीत ‘बिहे भाको छैन’ पनि समाज भड्काउने खालको धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै अन्य गीतमा संस्कार सिकाउनेहरू फिल्मको गीत प्रति नबोलेको गुनासो गरेकी छन् ।
उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘३ महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे गर्या छैन । तर संभोग गर्याछु भन्न खोजेको समेत उनको भनाई छ ।
आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका लोक शैलीमा तयार यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ ।
दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ ।