२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अरुणिमाले गरिन् धरानका युवराजसँग बिहे

२०८१, ३ भाद्र सोमबार १२:१५

भदौ ३,  काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै लागि केही हप्ताअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको जानकारी प्राप्त छ ।

करिब एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी अरुणिमाको पहिलो विवाह अमित अर्यालसँग भएको थियो । उनीहरुले २०७४ सालमा १२ वर्ष लामो वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । अमेरिका जानुपूर्व नै उनीहरुले छुट्टिने मनसाय बनाइसकेका थिए । सोही योजना अनुसार उनीहरुले नेपालमै हुँदा सम्पत्तिको भागबन्डा गरेका थिए । उनीहरुबाट एक छोरी (अक्षता) समेत छिन् ।

कुनै समय नेपाली फिल्ममा अरुणिमाको राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् । अरुणिमाले फिल्ममा पनि फर्किने इच्छा व्यक्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला