१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अरुणिमाले गरिन् धरानका युवराजसँग बिहे

३ भाद्र २०८१, सोमबार १२:१५

भदौ ३,  काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै लागि केही हप्ताअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको जानकारी प्राप्त छ ।

करिब एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी अरुणिमाको पहिलो विवाह अमित अर्यालसँग भएको थियो । उनीहरुले २०७४ सालमा १२ वर्ष लामो वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । अमेरिका जानुपूर्व नै उनीहरुले छुट्टिने मनसाय बनाइसकेका थिए । सोही योजना अनुसार उनीहरुले नेपालमै हुँदा सम्पत्तिको भागबन्डा गरेका थिए । उनीहरुबाट एक छोरी (अक्षता) समेत छिन् ।

कुनै समय नेपाली फिल्ममा अरुणिमाको राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् । अरुणिमाले फिल्ममा पनि फर्किने इच्छा व्यक्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार