१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकियो

१७ भाद्र २०८१, सोमबार ०७:५१

भदौ १७, काठमाडौँ । हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन ।

त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती गर्न चाहिरहेको थियो । बोर्डले सुरुमा फिल्मलाई स्वीकृति दिएपनि प्रमाणीकरणमा रोक लगाएको थियो ।

यसैबीच, सोमबार मध्यप्रदेशको उच्च अदालतमा फिल्मको रिलिजलाई लिएर सुनुवाइ हुँदैछ । एक सिख संगठनले दायर गरेको मुद्दामा फिल्मको रिलिज रोक्न माग गरिएको छ । फिल्मले शिख समुदायको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै यो समुदाय आन्दोलित छ ।


यो फिल्ममा कंगनाले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । तर फिल्म पोस्टपोन्ड भएकोबारे कंगनाले अहिलेसम्म आधिकारिक केही बताएकी छैनन् । अगस्ट ३० मा एक भिडियो सन्देश जारी गर्दै कंगनाले सेन्सर बोर्डले अहिलेसम्म प्रमाणीकरण नभएको बताएकी थिइन् ।

इन्डियन एक्सप्रेसका अनुसार केही दिनअघि ट्रेलर रिलिज भएपछि विवाद सुरु भएको थियो । शिरोमणि अकाली दलको दिल्ली इकाईबाट सीबीएफसीलाई सिखको चित्रणका कारण फिल्मको प्रदर्शन रोक्न अनुरोध गर्दै सूचना पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार