१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल

२७ मंसिर २०८१, बिहीबार १४:१३

काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ। यो फिल्मले ६ दिनमै विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो ।
यो फिल्म कम समयमा १००० करोड क्लबमा सामेल हुने पहिलो भारतीय फिल्म समेत बनेको छ। फिल्म ५ डिसेम्बरमा विश्वभर रिलिज भएको हो।

भारतीय संचारमाध्यमका अनुसार हिन्दी संस्करणबाट मात्र फिल्मले ३७५ करोड भारु कमाइसकेको छ। शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा प्रवेश गर्ने अनुमान छ। यो फिल्मले भारतभरका सबै भाषाबाट ६८७ करोड नेट कमाइ गरिसकेको छ। भारतीय संचारमाध्यमहरुले ‘पुष्पा–२’ले आमिर खानको ‘दंगल’ को २०७० करोडको विश्वव्यापी कमाइको रेकर्ड समेत तोड्न सक्ने बताएका छन्।

‘पुष्पा–२’ हिन्दी भाषामा ६ दिनमै ३७५ करोड भारु कमाउने पहिलो भारतीय फिल्म बनेको छ। यसले हिन्दी संस्करणमा २००, २५०, ३००, र ३५० करोड क्लबको नयाँ रेकर्ड पनि कायम गरेको छ।

चलचित्र ‘पुष्पा–२’ ले ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो । योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडेको छ ।

‘पुष्पा–२’ ले रिलिज भएको ३ दिनमै हिन्दी बेल्टमा २०५ करोड कमाएर शाहरुखको ‘जवान’को कीर्तिमान तोडेको छ । जवानले तीन दिनमा १८० करोड कमाएर कीर्तिमान बनाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ